मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीमा घरको छतबाट खसेर मृत्यु

कैलालीमा घरको छतबाट खसेर मृत्यु


धनगढी । कैलालीको अत्तरिया नगरपालिका -४ निवासी ४१ वर्षीय भीमबहादुर कडायतको आफ्नै घरको छतबाट लडेर बिहीबार बिहान मृत्यु भएको छ । 
 
दुईतले पक्की घरको छतमा सुतेका कडायत बिहान ब्यूँझने क्रममा अचानक छतबाट लडेको इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । कडायतको घटनास्थलमै मृत्यु भएको थियो । 
 
यसैबीच, गोदावरी गाविस- ५का टेकबहादुर ठकुल्लाको कच्ची घर गोठमा बुधबार राति आगलागी हुँदा रु पाँच लाखभन्दा बढीको धनमाल नोक्सान भएको छ ।
 
गोठमा कीरा, लामखुट्टे भगाउन साँझ बालिएको आगो घरमा सल्केपछि आगलागी भएको जनाइएको छ । रासस