‘डा केसीका माग सम्बोधन गरियोस्’: शान्ति समाज

काठमाडौँ । मानवअधिकार तथा शान्ति समाजले आइतबारदेखि आमरण अनशनमा बस्नुभएका डा गोविन्द केसीका मागलाई लोकतान्त्रिक र विधि सम्मत ढङ्गले सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ ।    “सत्याग्रही डा केसीले आमरण अनशन प्रारम्भ गर्ने घोषणा गरेपछि उहाँले अघि सारेका मागका सन्दर्भमा समाजमा बहस हुनु र पक्ष/विपक्षमा विचारहरू प्रवाहित हुनु स्वाभाविक हो, तर उहाँका मागलाई सम्बोधन गर्नुपर्छ”–समाजका…