मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवनका सरोज र कल्पना नेविसंघको केन्द्रीय सदस्यमा निर्विरोध

चितवनका सरोज र कल्पना नेविसंघको केन्द्रीय सदस्यमा निर्विरोध


चितवन । चितवनका विद्यार्थी नेताहरु सरोज रेग्मी र कल्पना पौडेल नेपाली काँग्रेसको विद्यार्थी संगठन नेविसंघको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
 
विद्यार्थी नेता रेग्मी कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट निर्विरोध केन्द्रीय सदस्यमा निर्वाचित भएको हो । रेग्मी कृषि तथा वन विज्ञान विश्व विद्यालयका नेविसंघ पूर्व इकाई अध्यक्षसमेत हुन् । नेविसंघमा सबै विश्वविद्यालयबाट एक–एक केन्द्रीय सदस्य हुने व्यवस्था छ । 
 
जसअन्तरगत रेग्मी चितवनमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय तर्फबाट निर्विरोध केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । यस्तै प्रदेश नं ३ बाट केन्द्रीय सदस्यमा छात्रातर्फ उम्मेदवारी दिएकी कल्पना पौडेल भने निर्वाचित भएकी छन् । उनी मैयाँदेवी कन्या कलेजेको नेविसंघ इकाई अध्यक्षसमेत हुन् ।  
 
यस्तै नेविसंघको केन्द्रीय अध्यक्षमा उम्मेदवारी दिएका चितवनका विद्यार्थी नेता बचन कार्की ‘मुसा’ पराजित भएका छन् । केन्द्रीय अध्यक्षमा नैनसिंह महर विजयी भएका छन् । यस्तै प्रदेश नं ३ को सह–महामन्त्रीको मतगणना जारी छ । यसतर्फ चितवनका अनिल अधिकारीले उम्मेदवारी दिएका छन् ।
 
यस्तै खुल्लातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका बालकुमारी कलेजका पूर्वअध्यक्ष गणेश पौडेलको नतिजा आउन बाँकी छ ।