भद्रपुर । झापाको शरणामती–१ मा खयरबारीस्थित खेतमा काम गर्ने भारतको किसनगन्ज धनटोला ग्राम पञ्चायत महामारी खसिटोला बस्ने २० वर्षीय साहजान मियाँलाई चट्याङ लागेर मङ्गलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दिउँसो करिब १ः३० बजेको समयमा पानीसँगै परेको चट्याङले घाइते भएका मियाँलाई उपचारमा लैजानेक्रममा मृत्यु भएको बताइएको छ ।
नदी किनारमा वृद्ध मृत फेला
यसैबीच, सोमबार घरबाट निस्केका तनहुँका एक वृद्ध मस्र्याङ्दी नदी किनारमा मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको भानु नगरपालिका–३ दुवुङ्गा बस्ने ६७ वर्षीय मणिराम तामाङ मङ्गलबार साँझ मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
सोही भानु नगरपालिका–३ स्थित रेडीखोलाको दोभानभन्दा करिब २०० मिटर तल मस्र्याङ्दी नदीकिनारमा तामाङ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।
वृद्ध तामाङलाई नदीले बगाउँदा मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । मृतकको शवपरीक्षणका लागि दमौली अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया