मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपाललाई हिन्दु राष्ट् बनाउन जोगीको गोप्य अभियान

नेपाललाई हिन्दु राष्ट् बनाउन जोगीको गोप्य अभियान


साउन २९- केही वर्ष देखी सन्यासी जीवन बिताएका  नेपाल प्रहरीका पूर्व आई.जी पी हेम बहादुर सिहंका छोरा ३७ वर्षीय प्रभन्जनबहादुर सिंह यतिबेला देशका कुना कुनामा साधुहरुको गोप्य भेला गराउन थालेका छन् । विगत दिन देखिनै उनको विषयमा फलो गर्दै आएको हिमालय खबरले  यस पटक पनि उनको पछिल्लो कृयाकलापकोे खोजतलास गरेको छ । 
 
परिवार त्यागेर २०७० साल जेठ ११ गते गुरु योगी शीर्षनाथबाट दिक्षा लिएर व्याघ्र वेदनाथको नयाँ परिचयका साथ सन्यासी जीवन जिएका उनी यतिबेला सक्रिय धार्मिक राजनीतिमा जुटेका छन् । कहिले देबघाट बागेश्वरी क्षेत्र कहिले पशुपतिनाथ क्षेत्रको मृगस्थली कहिले खप्तड क्षेत्र त कहिले सुदुर पूर्व र सुदुर पश्चिमका विभिन्न धार्मिक क्षेत्रहरूमा अवस्थित विभिन्न योगीहरुको कुटीमा करिब तिन वर्ष ध्यानमा बिताएका उनले यतिबेला जोगीहरुमा धार्मिक राजनीतिको बिजारोपण गर्दै मर्यादित राज संस्थाको वकालत गरेका छन् ।
 
 एक कार्यक्रममा शनिवार चितवनमा सहभागी उनले देश व्यापी रूपमा जोगिहरुलाई सङ्गठित गर्ने अभियान केन्द्रित गरेको बताए । गोरखनाथको नाथ परम्परा अनुरूप चारै सम्प्रदायका सन्तमन्तहरुलाई एक जुट बनाएर राष्ट्यि एकताको प्रतीक राजसंस्था स्थापित गर्ने अभियान आफूले सुरु गरेको उनी बताउछन् । पहिलो चरणमा सिमावर्ती भारत र नेपालको पूर्वी तराईका साधु सन्त महन्तहरुलाई सङ्गठित गरेर सनातन हिन्दु धर्मको संरक्षणमा सरिक बनाउने जानकारी दिए । पृथ्वी नारायण शाहले नेपाल एकिकरण गर्दा जोगिहरुलाई प्रयोग गरी एकिकरण सफल भएको बताउदै उनले आफुहरुले नेपाललाई हिन्दु राष्टकै रूपमा स्थापित गर्न चाहेको खुलासा गरे ।
 
 सनातन हिन्दु धर्म  विश्वको उत्कृष्ठ धर्म भएको बताउदै उनले हिन्दु धर्मका बिक्रीती सुधार गर्ने र त्यसका राम्रा कुराहरूलाई व्यवहारमा प्रयोग गरी मुलुकलाई विश्वको समुन्नत राष्ट् निमार्ण गर्न सकिने उनको तर्क छ । नेपालले योग ध्यान र प्राकृतिक चिकित्सामा विश्वको अगुवाई गर्न सक्ने हुँदा सनातन धर्मका सही कुरा व्यवहारमा लागु सके कुनै पनि नागरिक गरिबीको मारमा बाच्नु पर्ने अवस्था नआउने उनको तर्क छ । भगवान् लाई श्री भन्ने आफूलाई श्री एक हजार आठ भन्ने स्वघोसित साधुहरुकै कारण हिन्दु धर्म सङ्कटमा परेको उनले तर्क गरे । उनका अनुसार देशमा करिब ५ लाखको हाराहारीमा साधुहरु छन् ।
 
 जो घरबार त्यागेर सन्यासी बने अव उनीहरूकै बल ध्यान योग र साधनाले देश  हिन्दु राष्ट् घोषणा हुन्छ । पाच लाख जोगीले एकै साथ त्रिशुल खडा गरे एक मिनेटमा नेपाल देश राज संस्था सहितको हिन्दु राष्ट् घोषणा हुने उनी बतताउछन् । आफू हिन्दु धर्मको विश्वमा प्रचार गर्न र संरक्षण गर्न पनि यसको अध्यान तथा खोजमा लागेको भन्छन् उनी  । देश भरी मठ मन्दिर  र गुरुहरुको नाममा रहेको गुठी संस्थान अन्त्रगतको जमिनलाई व्यवस्थित गरी सुविधा सम्पन्न गुरुकुल निमार्णमा आफ्नो सहभागिता हुने उनी बताउछन् ।  उनले देशका हरेक युवालाई सङ्गठित गरी हिन्दु धर्म र संस्कारको ज्ञान दिनु वर्तमानको टड्कारो आवस्यक्ता रहेको बताए । 
 
राष्ट् निमार्ता पृथ्वी नारायण शाह, राजा महेन्द्र र बाबा गोरखनाथ योगी नरहरी नाथले कल्पना गरेको नेपाल र विकासका नीति लाई आम जनमानसमा प्रचार गरी त्यही मार्गदर्शनका साथ अघि बढने आफ्नो संकल्प रहेको उनले बताए । उनले सनातन हिन्दु धर्मको रक्षा र देशको विकासका लागी मुलुकमा मर्यादित राज संस्था आवश्यक रहेको बताए । नेता पाटीको राज संस्था राष्ट्को उनले भने राष्ट् हित र रक्षाका लागी राज संस्था अपरिहार्य छ  त्यो नेपालले फेरी पाउनेछ त्यसका लागी जोगीहरुले ज्यान दिन तयार छन् । उनी पूर्व युवराज पारस शाहका अन्यान्त मिल्ने साथी हुन् ।  उनी दरबार निकट भएकाले उनको हरेक अभियानलाई निकै चासोका साथ हेरिएको छ ।

यो पनि पढ्नु होला >>

शेयर गर्नुहोस:

0
Shares