मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पहिरोमा पुरिएर एकजनाको मृत्यु

पहिरोमा पुरिएर एकजनाको मृत्यु


बाबियाचौर (म्याग्दी) । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । 
 
घरको करेसातर्फ रहेको खेतबाट मङ्गलबार राति आएको पहिरोले घर पुर्दा दग्नाम–४ घर भई हाल गलेश्वर बस्ने ४९ वर्षीय नकबहादुर गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको जिल्ला अस्पताल बेनीमा उपचारका क्रममा मृत्यु भएको हो । 
 
सुतिरहेको अवस्थामा पहिरोमा पुरिएर घाइते भएका गर्बुजालाई प्रहरी र स्थानीयवासीले उद्धार गरेर अस्पतालमा ल्याएका थिए । सो घरमा गर्बुजाको छजनाको परिवार बस्दै आएको थियो । परिवारका अन्य सदस्य भने सकुशल रहेका छन् ।