चितवन । भारतको अघोषित नाकाबन्दीको असर पूरै हटेको छैन । यस्तो बेलामा भारतीय राजदूत रञ्जित रेको प्रमुख आतिथ्यमा भरतपुरमा कार्यक्रम भयो । कार्यक्रमका वक्ताहरुले नाकाबन्दीबारे खासै चर्चा गरेनन् । तर स्वयम् राजदूतले नेपाल भारत सम्बन्धमा उतार चढाव आउने गरेको र पछिल्लो समयमा बिग्रेको सम्बन्ध प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि पुरानै अवस्था फर्किएको दाबी…