सुरुङ्गा (झापा) । झापाको बुधबारेमा घाँटी रेटेर एक बालिकाको हत्या भएको छ । झापाको शान्तिनगर–१ घर भएकी ११ वर्र्षीया तनुजा कोइरालाको आफ्नै मावली घरमा मंगलबार राति हत्या भएको प्रहरी चौकी बुधबारेले जनाएको छ । पाँच दिनअघि बुधबारे–५ निवासी इन्द्रचोकका डिल्लीराम प्रसाईंको घरमा मावली आएकी बालिकाको ढोकामै हत्या गरिएको अवस्थामा बुधबार बिहान शव फेला परेको…