मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मलामी जाँदा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

मलामी जाँदा ट्याक्टरबाट खसेर एकजनाको मृत्यु


इनरुवा । मलामी बोकेर जाँदै गरेको ट्याक्टरबाट खसेर सोमबार एक जनाको मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा रामधुनीभासी नगरपालिका–१ बस्ने ६० वर्षका छेदान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 
 
रामधुनीभासी नगरपालिका–१ बाट बराहक्षेत्र–६ तेह्रआरडीस्थित खोलामा शव जलाउन जाँदै गरेको १ त ६२५० नम्बरको ट्याक्टरबाट खसेर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
मृतक चौधरीको शव परीक्षण गरी परिवारजनलाई जिम्मा लगाइएको छ भने ट्याक्टर र ट्याक्टर चालक इलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको सुनसरी प्रहरीले जनाएको छ । 
 
अचेत अवस्थाकी महिलाको मृत्यु
यसैबीच, ललितपुर उपमहानगरपालिका–१० ज्वागलचोकस्थित सडकपेटीमा भेटिएकी अचेत महिलाको मृत्यु भएको छ ।
 
सोमबार अचेत अवस्थामा भेटिएकी महिलाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए । 
 
मृतक महिलाको नामथर नखुलेको बताइएको छ । अन्दाजी ५० वर्षकी महिलाले रातो साडी, ब्लाउज, रातो टीका लगाउनुका साथै लेडिज ब्यागभित्र घडी, छाता, सेतो चस्मालगायतका सामान रहेको प्रहरीले जनाएको छ ।