मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सडकपेटीबाट चारसय बेवारिसे व्यक्तिको उद्धार

सडकपेटीबाट चारसय बेवारिसे व्यक्तिको उद्धार


चितवन । सडकमा बेवारिसे भई कष्टकर जीवन जिउनुपर्ने अवस्थाको अन्त्य गर्ने अभियानमा लागेको मानवसेवा आश्रमले सडकपेटीबाट ४०० जनाको उद्धार गरेको छ । 
 
चारवर्षको अन्तरालमा उनीहरूमध्ये १२५ जनामा उपचारपश्चात ठीक बनाएर परिवारमा पुनर्मिलन गराएको आश्रम चितवनकी अभियन्ता रुपा केसीले जानकारी दिइन् । 
 
चितवन, काठमाडौँ र हेटौँडामा रहेको आश्रमले यसरी उद्धार गरी परिवारमा मिलन गराएको मानवसेवा आश्रम, चितवनकी अभियन्ता रुपा केसीले जानकारी दिइन् । मंगलबारदेखि पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा आश्रमले यस्तो जानकारी गराएको हो । 
 
तीन जिल्लामा गरी अहिले १५० जनाले सेवा पाइरहेको उनले जानकारी दिइन् । चितवनका कृष्ण ज्ञवालीले अहिले आफ्नो जीवन परिवर्तन भएकोमा खुसी व्यक्त गर्दै अब यस्तै असहायको सेवामा आफू खटिने बताए ।
 
२०६६ सालदेखि सर्वोत्कृष्ट जीवन ः शाश्वत चिन्तन संस्थाले साँचो जीवन निर्माण अभियान सञ्चालन गरेको थियो । यसैलाई टेकेर २०६९ सालमा आश्रम स्थापना भएको थियो ।
 
सडक–किनारामा अत्यन्त कष्टकर जीवनयापन गर्न विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिकरुपमा विक्षिप्त भएकालाई आश्रमले उद्धार गरी उपचार तथा पालनपोषण गर्दै आएको छ । 
 
अहिले मकवानपुरमा २०० जना बस्न मिल्ने करिब रु चार करोड ५० लाखको लागतमा मानवसेवा आश्रमको भवन निर्माण कार्य जारी रहेको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । विदेशमा बस्ने नेपाली र नेपालमै रहेका सहयोगीबाट आश्रम सञ्चालित छ । 
 
आश्रम पाँचौँ वर्षमा प्रवेश 
यसैबीच, स्थापनाको चारवर्ष पूरागरी मंगलबार पाँचौँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा आश्रमले सोमबार साँझ चितवनमा दीप प्रज्वलन तथा वृक्षरोपण कार्यक्रममा गरेको छ ।
 
जिल्लाका सहयोगीको सहभागितामा दीप प्रज्वलन तथा बिरुवा रोप्ने कार्यक्रम भएको हो । आफूले रोपेको बिरुवा आफैँले हुर्काउने गरी वृक्षरोपण गरिएको आश्रमकी अभियन्ता सिर्जना ओलीले बताए । 
 
आश्रमका सहयोगी अरुणपीडित भण्डारीले सडकपेटीबाट उठाएर सेवा गर्नु मह¤वपूर्ण कार्य भएको भन्दै सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । २०६९ साल भदौ १३ गतेबाट आश्रमले सेवा सुरु गरेको थियो ।