मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गङ्गामाया बचाउन बालुवाटारमा धर्ना

गङ्गामाया बचाउन बालुवाटारमा धर्ना


काठमाडौँ । छ वर्षदेखि अनशनरत ‘गङ्गामाया अधिकारीलाई बचाऔँ’ भन्दै मानवअधिकारकर्मीले कालोपट्टी बाँधेर मंगलबार बालुवाटारमा धर्ना दिएका छन् ।
 
बिहान ९ देखि १० बजेसम्म प्रतिकात्मक रुपमा उनीहरुले गङ्गामायाको जीवन रक्षार्थ धर्ना दिएका हुन् । विसं २०६१ मा तत्कालीन माओवादीद्वारा मारिएका छोरा कृष्णप्रसादको हत्यामा संलग्न अभियुक्तलाई सर्वोच्च अदालतको आदेश बमोजिम पुर्पक्षका लागि थुनामा राखिनुपर्ने मागसहित गङ्गामाया १८ दिनदेखि आमरण अनशनमा बसिरहेकी छन् ।
 
अनशनका क्रममा उहाँको स्वास्थ्य अवस्था गम्भीर भएपछि अहिले वीर अस्पताल सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ । छोराका हत्यारालाई कारबाहीको माग राख्दै सुरु गरिएको अनशनको ३३४औँ दिनमा गङ्गामायाका श्रीमान् नन्दप्रसादको निधन भइसकेको छ । अहिले उनी एक्लै अनशनलाई निरन्तरता दिइरहेको छन् ।
 
उनले आफूले न्याय नपाएसम्म अनशन नतोड्ने जनाउँदै आएकी छन् । रासस