जाजरकोट । नेपाल खाद्य संस्थानले शुक्रबार चामल बाँड्ने खबर पाएपछि रोकायगाउँ मुलसामकी ५१ वर्षीय काली रोकाय दिनभर हिँडेर नायकवाडा–७ घाट पुग्नुभयो । मुलसामबाट बिहान सवेरै हिँडेपनि बच्चा पिठ्यूँमा बोकर आउँदा साँझ झण्डै ५ बजिसकेको थियो । उहाँ खाद्यान्न वितरण भएको स्थान घाट डिपोमा पुग्दै गर्दा जिल्ला सदरमुकामबाट लिएको खाद्यान्न चार गाविसका स्थानीयलाई प्रतिव्यक्ति पाँच…