प्रधानमन्त्री साझा बसमा हुइँकिएपछि…

काठमाडौँ । ‘साझा बसमा जो पनि चढ्दछ, किलिन्डरले दुई रुपियाँको टिकट काट्दछ.... हामी पनि हुइँकिउँ बुइनी साझा बसैमा !’    कलाकार हरिवंश आचार्यले मञ्चमा आफ्नो पुरानो गीत गाउँदा पुल्चोकस्थित साझा यातायातको प्राङ्गण उल्लासमय बन्यो । साझा यातायातका नयाँ बस शुभारम्भ कार्यक्रममा महजोडीको भावनात्मक व्यङ्ग्य तर सन्देशमूलक प्रस्तुतिले उपस्थित प्रधानमन्त्रीसहित मन्त्री तथा नेतागणलाई निकै गम्भीर बनायो…