काठमाडौँ । सर्वाेत्कृष्ट जीवन शाश्वत चिन्तनद्वारा सञ्चालित मानव सेवा आश्रमले मानसिक असन्तुलन भई सडकमा भौतारिरहेका १०२ जनालाई पारिवारिक मिलन गराएको छ । सन्तति र आफन्तजनको बेवास्ताका कारण मानसिक असन्तुलन भई खुला आकाशमुनि सडक जीवन बिताइरहेका खासगरी ज्येष्ठ नागरिकलाई मानव सेवा आश्रमले आश्रय प्रदान गरिरहेको छ । मानव सेवा आश्रमले मकवानपुरको हेटौँडा, चितवनको भरतपुर…