नेपाल

पूर्वी चितवन पत्रकार मञ्चमा सापकोटा निर्वाचित

पूर्वी चितवन पत्रकार मञ्चमा सापकोटा निर्वाचित


चितवन । पूर्वी चितवन पत्रकार मञ्चको अध्यक्षमा होमनाथ सापकोटा निर्वाचित भएका छन् ।
 
मञ्चको चौथो अधिवेशनले पत्रकार सापकोटाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । संघको उपाध्यक्षमा राजेन्द्र आचार्य, अनिता अर्याल, सचिवमा धुव्रराज खनाल, कोषाध्यक्ष संगिता आचार्य, सहसचिवमा विकास पौडेल र सुजिता हमाल चयन भएका छन् । 
 
यस्तै सदस्यहरुमा महेश पाण्डे, सरस्वती लामा, रामु आचार्य, रमेश राना, अनुपा गुरूङ, सुजन सुवेदी, संजय चौधरी र ध्रुव लामिछाने रहेका छन् । 
 
कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यकारी अधिकृत काशिराम गैरे, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानबहादुर विसुराल, पूर्वीचितवन कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रधुनाथ भट्ट, संघका संस्थापक अध्यक्ष केपिकिरण शर्मा, प्रेस युनियनका पूर्वी क्षेत्र इन्चार्ज केशव भट्टराई, प्रेस चौतारीका केन्द्रीय सदस्य शिशिर सिंखडा, आदिवासी पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्तकुमार चौधरी, रिपोटर्स क्लब नेपालका अध्यक्ष राजु चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । 
 
कार्यक्रम मञ्चका अध्यक्ष सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । मञ्चले पूर्वी चितवनमा रहेका पत्रकारबीच वनभोजको समेत आयोजना गरेको थियो ।