मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

संविधान बचाउन छिट्टै निर्वाचन : नेता सिंह

संविधान बचाउन छिट्टै निर्वाचन : नेता सिंह


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जारी भएको संविधानलाई बचाउनका लागि छिटोभन्दा छिटो स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताएका छन् । शुक्रबार भरतपुरमा भएको नेपाल शिक्षक संघको आठौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्ने क्रममा नेता सिंहले यस्तो बताएका हुन् । 
 
आगामी माघभित्र तीनतहको निर्वाचन गरिसक्नुपर्ने भन्दै सबैभन्दा पहिले स्थानीय निकायको चुनाव आवश्यक रहेको उनको भनाइ छ । यसका लागि विभिन्न संघसंगठनहरुको पनि मह¤वपूर्ण भूमिका रहने उनले बताए । 
 
सकेसम्म स्थानीय तहको निर्वाचन गर्ने र नसकेको खण्डमा स्थानीय निकायको निर्वाचन गरेरै भए पनि संविधानको बचाउ गर्नुपर्ने नेता सिंहको भनाइ छ । ‘तर, स्थानीय तहको निर्वाचन गर्न सकिएन भने निर्वाचन नै नगर्ने भनेकोचाहिँ राम्रो होइन,’ उनले भने, ‘नसकेको खण्डमा स्थानीय निकायको निर्वाचन गरेर प्रदेश र केन्द्रको निर्वाचनमा जानु राम्रो हुन्छ ।’ 
 
कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य सिंहले नेपालमा अरू पेसाभन्दा शिक्षण पेसा अत्यन्तै मह¤वपूर्ण र फरक पेसा भएको भन्दै आफ्नो पेसाप्रति गम्भीर संवेदनशील बन्न शिक्षकहरुलाई सुझाव दिए । ‘सबैभन्दा मह¤वपूर्ण पेसा शिक्षण पेसा हो,’ उनले भने, ‘किनभने, एउटा शिक्षकको हातमा हरेक वर्ष सयौँको संख्यामा विद्यार्थीहरुको भविष्य जोडिएको हुन्छ ।’
 
अहिले समय डिजिटल शिक्षाको समय भएकोले सैद्धान्तिक ज्ञानसँगै प्राविधिक र व्यावहारिक ज्ञानको समेत उत्तिकै आवश्यक रहेको उनले बताए । ‘त्यसैले अहिले अरू शिक्षाभन्दा पनि प्राविधिक शिक्षाको आवश्यकता बढी छ,’ उनले भने, ‘यसका लागि शैक्षिक ऐन संशोधन गरी परिमार्जन गर्न जरूरी छ ।’ 
 
कुनै पनि शिक्षक कुनै एउटा राजनीतिक दलको आस्था लिएर हिँडे पनि विद्यालय हाताभित्र प्रवेश गरिसकेपछि मात्र शिक्षकको रूपमा रहेर आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने भन्दै शिक्षकहरुलाई सुझाव दिए ।

शेयर गर्नुहोस:

0
Shares