नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति परराष्ट्र मन्त्रालयको ढाकछोप

काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले संसदमा व्यक्त गरेको भनाइ ‘क्रस बोर्डर अकुपेसन’ (सीमा वारपारको जग्गा भोगाधिकार) र दशगजा क्षेत्र अतिक्रमणसँग सम्बन्धित रहेको स्पष्ट पारेको छ । आइतबार मन्त्रालयले जारी गरेको स्पष्टीकरणमा नेपाली भूमि लिपुलेक क्षेत्रहुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालनमा ल्याएको विषयमा नेपाल सरकारको धारणा यसअघि नै सार्वजनिक गरिसकिएको उल्लेख गर्दै उक्त विषयमा…