नवलपरासी । भोटेकोशी बाढीले बगाएर ल्याएका ३ सय ८९ शव नारायणीको किनारी भाग नवलपरासीपूर्व, पश्चिम र सीमावर्ती भारतीय क्षेत्रमा भेटिएका छन् ।
जिप्रका नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ अनिल पण्डितका अनुसार जिल्लाको गैँडाकोटदेखि त्रिवेणीसम्मको नारायणी नदी क्षेत्रमा हालसम्म २ सय १६ शव संकलन भएको बताए ।
प्रनाउ पण्डितका अनुसार संकलन भएका शवमध्ये ४७ महिला ७३ पुरुष ११ बालक १५ बालिका र ७० अन्य शरीरका अङ्हरू रहेका छन् ।
संकलित शवहरूलाई पहिचानका लागि वाह्य जिल्ला तथा जिल्ला भित्रकै विभिन्न अस्पतालमा राखिएको र पहिचान हुन नसकेका १ सय ५९ शवको डिएनए नमुना लिई अल्पकालीन व्यवस्थापन गरिएको छ ।
संकलित शवमध्ये १७ ओटा शव सनाखत भई परिवारले बुझि लगेको र ट्याटु जस्ता संकेत रहेका शवको पहिचान हुन बाँकी रहेको सुचना अधिकारी पण्डितले बताए ।
त्यसैगरी जिप्रका नवलपरासी पश्चिमका प्रवक्ता प्रनाउ मदन थापाका अनुसार नारायणी नदीको बहाव क्षेत्र सुस्ता ४ र ५ तथा भारतमा फेला परेका ९ गरि १ सय ७३ मानव शव संकलन भएको छ ।
बाढीले बगाएर ल्याएका ३३ महिला ७२ पुरुष ७ बालक ५ बालिका १ लिङ्ग नखुलेको र अन्य ५१ विभिन्न अङ्गसहितका शव जिल्लामा संकलन भएको थापाले जानकारी दिए ।
संकलित शवमध्ये ४ वटा शवको सनाखत भएको ९८ शवलाई निर्देशिका बमोजिम व्यवस्थापन गरिएको तथा अन्य बाँकी ७१ शव पहिचानका लागि प्रदेश भित्रका विभिन्न अस्पतालमा राखिएको प्रनाउ थापाले बताए । साथै, उनले नदीकिनारमा बाढीले बगाएर ल्याएका शवको प्रहरी सुरक्षाकर्मीहरूद्वारा खोजी कार्य जारी रहेको जानकारी दिए ।












प्रतिक्रिया