राजनीति-समाज

विपद् प्रतिकार्य र उद्धारमा राज्य संयन्त्र पूर्णरूपमा सक्रिय छ : गृहमन्त्री गुरूङ

विपद् प्रतिकार्य र उद्धारमा राज्य संयन्त्र पूर्णरूपमा सक्रिय छ : गृहमन्त्री गुरूङ


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font

काठमाडौँ । गृहमन्त्री सुधन गुरूङले पछिल्लो बाढीपहिरो र प्राकृतिक विपद्पछि सरकारले गरिरहेको उद्धार तथा राहत कार्यका बारेमा स्पष्ट पार्दै राज्यका सबै संयन्त्रहरू उच्च प्राथमिकताका साथ कार्यक्षेत्रमा खटिएको बताएका छन् ।

प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण हवाई उद्धारमा समस्या भए पनि रातको समयमा समेत प्राविधिक र सुरक्षाकर्मीको टोली परिचालन गरिएको उनले जानकारी दिए ।

Advertisement

उनलेले उद्धार तथा राहत वितरणमा निजी क्षेत्रलाई हेलिकोप्टर उडाउन रोक्नुको कारणबारे जवाफ दिएका छन् । मन्त्री गुरूङले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा हवाई सुरक्षाका कारण निजी क्षेत्रलाई रोक्नुपरेको जवाफ दिएका हुन् ।

उनले भनेका छन्, ‘त्यो ठाउँ यस्तो खोचमा छ । त्यसमा हेलिकोप्टर उठाउँदै गर्दा जोखिम एयरस्पेसमा काम गर्नुपरेको छ । निजी क्षेत्रले हेलिकोप्टर उडाउँदा पनि जाने त त्यही हो । एयरस्पेसका कारण जोखिम हुने हुँदा कन्ट्रोल गरेर राखेको हो । हामीले यसमा मात्र वान डोर पोलेसी लिएका हौँ ।’

गृहमन्त्री गुरूङले राहत वितरणका लागि एकद्वार प्रणाली रहेको बताए । ‘निजी क्षेत्रलाई योबाहेक अन्य क्षेत्रमा कही पनि प्रतिबन्ध गरेका छैनौँ’, उनले भने, ‘स्थानीय तहसँग समन्वय भएन भन्ने कुरा पनि सत्य होइन । स्थानीय निकायका प्रतिनिधिहरूसँग सक्रियरूपमा काम गरिराखेका छौँ ।’ उनले विदुर नगरपालिकामा सहकार्य भइरहेको आफूले नै देखेको प्रष्ट पारे ।