मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
साहित्य/सिर्जना   

सानुबाबु सिलवालको पुस्तक ‘सपना र यथार्थमा अमेरिका’ विमोचन

सानुबाबु सिलवालको पुस्तक ‘सपना र यथार्थमा अमेरिका’ विमोचन


शेयर गर्नुहोस:

756
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । अमेरिकाको नर्थ क्यारोलिना निवासी सानुबाबु सिलवालको हालै प्रकाशित पुस्तक ‘सपना र यथार्थमा अमेरिका’को शुक्रबार एक समारोहबीच विमोचन गरिएको छ ।

अमेरिकामा रहेका गैरआवासीय नेपाली सानुबाबु सिलवालको ‘सपना र यथार्थमा अमेरिका’ पुस्तकको काठमाडौं बत्तिसपुतलीमा मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, विशेष अतिथि प्राडा जयराज आचार्य, अतिथिहरु तारा बराल, पुरुषोत्तम दाहाल र प्राध्यापक डा सुरेन्द्र केसीले संयुक्तरूपमा पुस्तकको विमोचन गरे । विमोचित पुस्तकको समीक्षा पत्रकारहरु तारा बराल र पुरुषोत्तम दाहालले गरेका थिए ।

पुस्तक विमोचन गर्दै अध्यक्ष रेग्मीले सत्कर्म, सत्प्रयास, सत् चरित्रबाट नै मानिस सफल हुने बताउँदै अमेरिकामा रहेर पनि नेपाल र नेपालीप्रति चिन्ता राख्ने, नेपालीको भलाइका लागि लागिपर्ने सिलवालको प्रशंसा गरे ।

उनले अमेरिका लगायत विश्वका जहाँ रहे पनि नेपालीहरूलाई आफ्नो मातृभूमिको माया रहेको कुरा सिलवालले नेपालमा आएर पुस्तक विमोचन गर्नुले पुष्टि गरेको बताए ।

रेग्मीले भने, ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी भनेझै जहाँ पुगे पनि सबैले आफ्नो पहिचान बिर्सेका हुँदैनन् भन्ने लाग्दछ, शिक्षा, समाज र संस्कृति नै पहिचान हो र जहाँ पुगे पनि यो राष्ट्रका लागि हामीले केही गर्नु पर्दछ भन्ने हो, रोजगारी छैन भनेर देश छोड्ने चलन छ, यहाँ रोजगारी, कृषि विकासको कुन मोडल अपनाउन सकिन्छ, एउटा साझा मोडल अपनाएर जुनसुकै सरकार, जुनसुकै पार्टी किन नहोस्, वैज्ञानिक, आधुनिक प्रक्रियाबाट सामुदायिक एकताबाट अघि बढ्दा देश समृद्ध हुन्छ, नागरिकहरू समृद्ध हुन्छन् ।’

सो अवसरमा पुस्तकका लेखक सिलवालले हाल अमेरिकामा ५ लाख नेपाली रहेको र ती नेपालीहरूको आर्थिक समृद्धिका लागि बाटो देखाउने काममा आफू लागिरहेको बताए ।

उनले अमेरिकामा अप्ठेरोमा रहेका नेपालीलाई सहयोग गर्न आफू निरन्तर लागिपरेको बताउँदै आफूलाई राति, बिहान दिउँसो हरेक क्षण समस्यामा परेका नेपालीको फोन आउने गरेको र आफू समाधानका लागि निरन्तर लागिरहेको उल्लेख गरे । कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका व्यक्तित्व, वरिष्ठ पत्रकारहरूलगायतले सोचेको अमेरिका र भोगिने अमेरिका फरक रहेको विचार व्यक्त गरेका थिए । २८३ पृष्ठको पुस्तकमा संयुक्त राज्य अमेरिकाको परिचय, अमेरिकामा नेपालीहरूको अवस्था, अमेरिकी जीवन प्रारम्भका लागि सुझावहरू, अमेरिकामा अवसर, अर्थ व्यवस्थापन, अमेरिकामा कर, कानुनसम्बन्धी कुराहरू, सडक सुरक्षा र नियम, नेपालसँग अन्तरसम्बन्ध लगायतका विभिन्न विषयहरू समावेश गरिएको छ । गीता सिलवालले प्रकाशन गरेको पुस्तकको मूल्य ५ सय रुपैयाँ रहेको छ ।

शेयर गर्नुहोस:

756
Shares