मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
साहित्य / कला   

वैज्ञानिक महावीर पुनलाई रत्ननगर नगरपालिकाको सम्मान

वैज्ञानिक महावीर पुनलाई रत्ननगर नगरपालिकाको सम्मान

केशव भट्टराई

शेयर गर्नुहोस:

135
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । रत्ननगर नगरपालिकाले आइतबार वैज्ञानिक, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं सामाजिक अभियन्ता डा.महावीर पुनलाई सम्मान गरेको छ ।

वीरगन्जमा कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यले राष्ट्रिय आविष्कार केन्द्रले उनको जीवनीमा आधारित रहेर प्रकाशन गरेको पुस्तक ‘महावीर पुन : सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बेच्ने अभियानमा रत्ननगर आइपुगेका वैज्ञानिक पुनलाई रत्ननगर नगरपालिकाले सम्मान गरेको हो ।

सो अवसरमा नगरप्रमुख प्रलाद सापकोटाले कृषिमा आश्रित नेपाली जनतालाई कृषि औजारलगायतका उपकरण उत्पादन गर्ने महान् लक्ष्य बोकेर देशमै केही गर्छु भनेर हिँडेका वैज्ञानिकको अभियानमा रत्ननगर नगरपालिकाले साथ र समर्थन रहेको बताए ।

स्थानीय सरकारको हैसियतले रत्ननगर नगरपालिकाको तर्फबाट १० लाख रुपैयाँ बजेट छुट्याउन प्रस्ताव गरेको बताउँदै आविष्कार केन्द्रका लागि बागमती प्रदेशमा रहेको ११९ पालिकाले १० लाखका दरले बजेट विनियोजन गर्ने हो भने ११ करोड ९० लाख रुपैयाँ सहयोग गर्न सकिने र सो रकम कृषि औजार कारखाना सञ्चालनका लागि पर्याप्त हुनसक्ने विचार व्यक्त गरे ।

वैज्ञानिक पुनले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश हुँदै गण्डकीको गैँडाकोटपश्चात् बागमती प्रदेशमा प्रवेश गरेको र पुस्तक बेच्ने अभियानको १८०औँ दिनमा रत्ननगर नगरपालिका प्रवेश गरेको बताए । आफ्नो मूल उद्देश्य किताब बेच्ने नभए पनि सरकारले राष्ट्रिय आविष्कार केन्द्रका लागि सहयोग नगरेको र अन्तर्राष्ट्रिय मेडल बेच्ने प्रयास र आफ्नो नाममा रहेको जग्गा बेच्ने प्रयाससमेत सफल नभएपछि पुस्तक जन्मिएको बताए ।

१८०औँ दिनसम्मको पुस्तक बेच्ने अभियानका क्रममा एक लाख १५ हजार थान किताब बिक्री भैसकेको र तीन लाख थान किताब बिक्री गर्ने लक्ष्य रहेको बताए । अहिले विभिन्न पालिका, विद्यालय, संघसंस्था, चोकहरुमा किताब बिक्री भइरहेको उनले बताए । तीस वर्षदेखि बन्द अवस्थामा रहेको वीरगन्जको कारखाना सञ्चालनमा आइसकेको र ५० जनाको टोलीले १५ किसिमका अनुसन्धान तथा परीक्षण गरिरहेको र अब उत्पादन सुरू गर्ने जानकारी दिए ।

उनले वीरगन्जमा कारखाना सञ्चालन गरी आयात न्यूनीकरण गर्ने, युवालाई हौसला र प्रेरणा प्रदान गर्ने र आमनेपाली नागरिकलाई मातृभूमिका लागि योगदान गरी समृद्ध बनाउने तीन उद्देश्यका साथ किताब बेच्दै हिँडेको प्रष्ट पारे ।

प्रशासन शाखाका प्रमुख सबिता अर्यालले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले स्वागत मन्तव्य राख्दै विश्वमै नेपालको गौरव बढाउन सफल वैज्ञानिक पुनबारे लोकसेवा आयोगको पुस्तकमा पढ्दै आएको र अहिले प्रत्यक्षरूपमा साक्षात्कार हुन पाउँदा खुसी महसुस भएको बताए ।

सो अवसरमा नगरपालिकाका कर्मचारीहरुले एक÷एक थान पुस्तक खरिद गरी पुनको अभियानलाई प्रोत्साहन गरेका थिए ।