मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
साहित्य / कला   

मेयर बालेनको कवितासङ्ग्रह ‘अश्र’ सार्वजनिक

मेयर बालेनको कवितासङ्ग्रह ‘अश्र’ सार्वजनिक

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो जन्मदिन पारेर कवितासङ्ग्रह ‘अश्र’ सार्वजनिक गरेका छन् ।

मेयर बालेनले आफ्नो कवितासङ्ग्रह अश्र सार्वजनिक भएको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै जन्मदिनको शुभकामना दिने सबैलाई धन्यवाद दिएका छन् ।

बालेनको कवितासङ्ग्रह अश्र बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो । अश्रमा बालेनले लेखेका सयभन्दा बढी कविता संग्रहित छन् । कवितासङ्ग्रहमा पहिलो खण्डमा प्रेम, दोस्रो खण्डमा प्रेम वियोग, तेस्रो खण्डमा राजनीति र चौथो खण्डमा दर्शनसम्बन्धी छोटा-छोटा कविताहरु छन् ।

कवितासङ्ग्रहमा हरेक पृष्ठमा कवितासँग मिल्दा स्केच पनि कोरिएका छन् । कवितासङ्ग्रहको मूल्य ६६६ रुपैयाँ तोकिएको छ । कवितासङ्ग्रह अश्र शनिबारदेखि बजारमा उपलब्ध हुनेछ ।