मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
साहित्य / कला   

वाग्लेको नेतृत्वमा अनेसासको नयाँ केन्द्रीय कार्यसमिति चयन

वाग्लेको नेतृत्वमा अनेसासको नयाँ केन्द्रीय कार्यसमिति चयन


साहित्यकार सर्वज्ञ वाग्लेको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली समाज(अनेसास)को नयाँ केन्द्रीय कार्यसमिति चयन भएको छ।

अनेसासको हालै सम्पन्न अधिवेशनले वाग्लेलाई अध्यक्ष पदमा निर्वाचित गर्दै उनको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो। निर्वाचन परिणामले यस अघि अनेसासको महासचिव र वरिष्ठ उपाध्यक्ष पदको जिम्मेवारी सम्हालिसकेका वाग्लेलाई, आगामी दुइ वर्षीय कार्यकाल(२०२४-२६)का लागि संस्थाको बागडोर सुम्पिएको छ।

निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार वाग्लेले आफ्नो प्रतिस्पर्धी बिमला निरौलालाई २६४ मतले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित हुन सफल भएका हुन्। कूल खसेको मत मध्य वाग्लेले ८५९ मत ल्याउन सफल भएका थिए भने निरौला ५९५ मतमा सिमित हुन बाध्य भएकी थिइन्।

यसैगरी, निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार वरिष्ठ उपाध्यक्ष पदमा लालगोपाल सुवेदी भारी मतसहित चयन हुन सफल भएका छन्। उनले ९५४ मत प्राप्त गरेर ४८८ मत पाउने आफ्ना प्रतिस्पर्धी राजेन्द्र के श्रेष्ठलाई पराजित गर्दै वरिष्ठ उपाध्यक्ष पद सुरक्षित गर्न सफल भए। क्षेत्रीय उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा भने अफ्रिका महादेशीय उपाध्यक्षका लागि गणेश खड्का, युरोप महादेशीय उपाध्यक्षका लागि डिल्लीराम अम्माइ र ओशीयानिया महादेशीय उपाध्यक्षका लागि हरिप्रसाद अधिकारी सर्वसम्मत चयन हुन सफल भए।

अमेरिका महादेशीय क्षेत्रीय उपाध्यक्षका लागि भने सुदिपभन्द्र खनाल र महेश्वर पन्त चुनावी मैदानमा आम्ने साम्ने भएका थिए। अन्तत्वगत्व: खनाल(८१८)ले पन्त(६२२)लाई पराजित गर्दै जित हात पार्न सफल भए भने एसिया महादेशीय उपाध्यक्षका लागि सरिता अर्याल चयन हुन सफल भइन्। निर्वाचन परिणाम अनुसार ७४९ मत ल्याउन सफल अर्यालले, ६७५ मत ल्याउने आफ्नो प्रतिस्पर्धी दिनेशराज ज्ञवालीलाई पराजित गर्दै विजयी भइन्। महासचिव पदमा भने राजु सिटौलाले बाजी मारे । उनी ८५५ मत ल्याएर महासचिव पदमा निर्वाचित हुँदा, उनका प्रतिस्पर्धी कृष्णकुमार गिरीले ५८४ मतमा चित्त बुझाउदै पराजय बेहोर्न बाध्य भए।

यसैगरी, सचिव पदमा रबिन शर्मा र कोषाध्यक्ष पदमा तारा अधिकारी निर्विरोध निर्वाचित हुन सफल भए। सदस्य पदका लागि भने सुमन वर्षा घिमिरे, पुष्पा खनाल, दीप कार्की, रत्ना लोक्सोम सुब्बा र तारा उप्रेति निर्विरोध निर्वाचित भएका छन्। बाँकी २ दुइ जना कार्यसमितिको सदस्यहरु भने नव गठित कार्यसमितिले मनोनित गर्न सक्ने संस्थाको विधानमा व्यवस्था रहेको छ।

गुणराज लुइटेलको नेतृत्व र सदस्य द्वय डाक्टर कबिता घिमिरे र डाक्टर चूडामणी खनाल सदस्य रहेको निर्वाचन समितिले सम्पन्न गरेको निर्वाचनमा, कूल मतदाताको ५२ प्रतिशत मत खसेको थियो। विद्युतीय प्रणामीमार्फ सम्पन्न गरिएको निर्वाचनमा, कूल २,८१९ मतदाता रहेका थिए। जस मध्य कूल १,४७३ मत खसेको निर्वाचन समितिले जनाएको छ।