मुख्य समाचार

लिलामीमा मान्छे

लिलामीमा मान्छे

- राजेश ढुंगाना

—राजेश ढुंगाना

शेयर गर्नुहोस:

1.8k
Shares

  • change font
  • change font
  • change font


अहिलेसम्मको
मानव सभ्यताको उचाइमा
एउटा
नयाँ इँट्टा थप्ने
नयाँ यात्रा प्रारम्भ गर्न
स्वयम्
मानव सभ्यतालाई
लिलामीमा राखिरहेछु यतिबेला

मानव सभ्यताको
टाकुरामा उभिएर
चिच्याइ–चिच्याइ
मान्छे बिक्रीको
ग्राहक खाजिरहेछु
बिक्रीमा छ मान्छे
नगद नभए उधारोमै सही
मैले
मान्छेको
मानव सभ्यताको
भार थेग्न नसकेर
मान्छे किन्ने
ग्राहकको खोजी गरिरहेछु !

Advertisement

शेयर गर्नुहोस:

1.8k
Shares