मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

पूर्वराष्ट्रपति यादवले लिए डा केसीको स्वास्थ्यबारे जानकारी

पूर्वराष्ट्रपति यादवले लिए डा केसीको स्वास्थ्यबारे जानकारी


काठमाडौँ । पूर्वराष्ट्रपति डा रामवरण यादव शिक्षण अस्पताल पुगेर अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 
 
डा यादवले वरिष्ठ चिकित्सक केसीको मागलाई वार्तामार्फत् छिटो समाधान गर्न संवेदनशील भइदिन सरकारसँग आग्रह गरेका छन् । पूर्वराष्ट्रपति यादवले वरिष्ठ चिकित्सक केसीको माग तत्काल समाधान भए त्यो जनताको हितमा हुने र उनको जीवनरक्षा हुने स्पष्ट पारेका छन् ।  
 
डा केसीका सहयोगी विशद दाहालले कुनै उपचार र औषधि नलिएका कारण उनको स्वास्थ्य गम्भीर बन्दै गएको अवगत गराएका थिए । पूर्वराष्ट्रपति यादवले केसीको स्वास्थ्यलाभको कामना गरेका थिए । 
 
जुम्लाबाट गत असार १६ गतेदेखि चिकित्सकीय सुधारको माग राख्दै आमरण अनशन शुरु गरेका डा केसीलाई गत बिहीबार सरकारले अपहरण शैलीमा काठमाडौँ ल्याएको थियो । 
 
चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै पन्ध्रौँपटक अनशन बसेका डा केसीले अनशन बसेको २४औँ दिन पुग्दासमेत सरकारले संवेदनशीलता देखाएको छैन । 
 
डा केसीको समर्थनमा देशभर विरोध प्रदर्शन भइरहेका छन् । नेपाल चिकित्सक संघले इमर्जेन्सी सेवाबाहेक स्वास्थय सेवा ठप्प पार्दै आन्दोलनमा होमिएको छ । डा केसीको मागप्रति प्रतिबद्धता जनाउँदै प्रबुद्ध वर्ग, नागरिक समाज, विद्यार्थी, राजनीतिक दलहरु, विद्यार्थी संगठन तथा सर्वसाधारणले स्वस्र्फूत विरोधमा उत्रिएका छन् । 
 
सरकारले निशर्त वार्ताको आह्वान् गरेको छ भने डा केसी पक्षधरले माथेमा आयोगले दिएको सुझावअनुसार माग कार्यान्वयन हुनुपर्ने अडान राखेको छ । 
 
सरकारले पेलेरै अघि बढ्ने मानसिकता बनाएका कारण डा केसीको स्वास्थ्य स्थिति अत्यन्त जटिल मोडमा पुग्दासमेत सरकारले मानवीय संवेदना देखाएको छैन । देशभर सरकारको रवैयाप्रति तीव्र विरोध सिर्जना भइरहेको छ ।