मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

डा. आचार्यको नियुक्ति विधि सम्मत

डा. आचार्यको नियुक्ति विधि सम्मत


चितवन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक नियुक्तिमा भएको विवाद टुङ्गिएको छ । क्यान्सर अस्पतालको कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यको नियुक्तिलाई सर्वोच्च अदालतले विधिसम्मत भएको ठहर गरेको छ । 
 
कार्यकारी निर्देशक नियुक्ति वैधानिक नभएको भन्दै परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिएको छ । आइतबार सर्वोच्च अदालतका न्यायधिस प्रकाशसिंह राउत र कमकुमार राउतको संयुक्त ईजलाशले रिट खारेज गरेको हो । 
 
गत वर्ष वैशाख २५ गते क्यान्सर अस्पतालको संचालक समितिले खुल्ला प्रतिष्पर्धाबाट डा. आचार्यलाई ९ औं कार्यकारी निर्देशकको रुपमा नियुक्त गरेको हो । कार्यकारी निर्देशकका लागी प्रतिष्पर्धा गरेका अस्पतालका अन्य सात जना चिकित्सकले डा. आचार्यको नियुक्ति अवैधानिक रहेको भन्दै गत वर्ष जेठ २ गते रिट हालेका थिए । 
 
संचालक समितिले नियमसंगत निर्णय गरेको भन्दै रिट खारेज गरेको हो । सर्वोच्चमा मुद्दा परेको कारण अस्पतालको काम कारवाही सहज तरिकाले गर्न कठिनाई भएको भन्दै अब काम गर्न सहज भएको अस्पतालका एक चिकित्सकले बताए ।