अमेरिका - गैरआवासीय नेपाली संघ एनसीसी अमेरिकाका उपाध्यक्ष सुमन थापाले एनआरएनए अमेरिकाभित्र विवाद बढाउन सक्रिय व्यक्ति वा समुहसँग कुनै पनि सम्झौता हुन नसक्ने बताएका छन् । यदि यसो भएमा आफूले राजीनामा दिने सुमनले बताएका छन् । ‘संस्थाको विधानअनुसार निर्वाचनबाट यो कार्यसमिति बनेको हो,’ हिमालय खबरसँग सुमनले भने, ‘त्यसैले सहमतिका नाममा विधानविपरीत सदस्य थपघट गर्ने,…