सखा ! बिहान नहुदै उठेछौ
खै किन हतारमा उठयौ?
अधेरीमा कागहरु कराएर भन्दैमा
निदाएको सुर्यलाई बिउँझाउदै
किन उठयौ थाहा छैन ?
हतारमा बासी खाना अट्केका
पहेला दाँतहरु
ङिच्च देखाई
फिस्स हाँस्दै
झुसिलो डकार सुगाउन
चिप्रा भरिएका आँखा मिच्दै
समाज नै लजाउने गरि
किन उठयौ थाहा छैन ?
कसैको होहल्ले हो की?
मन भित्रको कोलहालले हो?
वा कसैले
पठ्यूमा धाप मारेर हो की?
या समाजले आहा भनेर हो ?
कि त कसैको धनले हो ?
तिमी उठ्न त उठ्यौ
तर ख्याल राख्नु
समाज बदल्छु भन्ने सखाहरु
कहिलै नउठ्ने गरि उठीवास भै
नफर्केको समाजमा
महिनौ देखि तिम्रो
आफ्नै सखा हराएको छ
समाज उठाउन्छु भन्थ्यो
आफै उठ्न नसक्ने गरि
थच्केको समाज देख्दा देख्दै
हावाको झोकाले
कानको पर्दा हल्लाएको भरमा
पिपलपाते कान्छोले भट्टीमा
भरेको बोटलको रस बोल्दैमा
बिहानी भन्दै
मध्ये रातमा
सुर्यलाई बिउँझाएर
किन उठयौ थाहा छैन ?
के का लागि उठ्यौ
त्यो पनि थाहा छैन?
तर तिमीलाई ज्ञात होस
लुतो बोकेका साथीले
तिमीसंग हात मिलाए छन
जसरी पोहरको फोहरले
गाँउ भरी लुतो महामारी भो
तिम्रै सखाको ज्यानै गयो
हो ! समाजलाई
आज पनि डर
त्योही लुतोको छ
जो वर्षौ देखि एनआरएनए भित्र
सरि रहेको छ ।।
प्रतिक्रिया