मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

संस्थाको छबी सुधारमा त्याग जरुरी (भिडियो सहित)

संस्थाको छबी सुधारमा त्याग जरुरी (भिडियो सहित)


ड्यालस (टेक्सस) । गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका उपाध्यक्ष डिलु पराजुलीले संस्थाको छवी सुधारका लागि यतिखेर सबैले त्याग गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

एनआरएनको सदस्यताको संबन्धमा नेपाली समुदायमा रहेको जिज्ञासा, चिन्ता र चासोलाई बुझ्ने क्रममा ड्यालस आएका पराजुलीले आउँदो नेतृत्व सर्वसम्मत वा निर्विरोध चयन गर्न सकेमा संस्थाप्रति अहिले देखिएको गुनासो केही हदसम्म समाधान हुने विश्वास समेत व्यक्त गरे ।

एनआरएन अमेरिकाको आगामी कार्यकालका लागि अध्यक्षको लागि चर्चामा रहेका पराजुलीले संस्थामा पहिलेजस्तो जथाभावी सदस्य बनाउने परम्परा अहिले नहुने भन्दै नयाँ सिस्टममा जाँदा केही अप्ठेरो भएपनि भविष्यका लागि यसले संस्थाको सुधारमा दुरगामी महत्व राख्ने बताए ।

‘सबैजना सदस्य बनेर दवाव दिने हो भने एआरएनमा ठूलो सुधारको संभावना छ । तर सदस्य चाँही नबन्ने, समस्या के हो भन्ने बारेमा स्पष्ट धारणा पनि नराख्दा त्यसले संस्था सुधारमा सहयोग पुग्दैन’ उनले भने ।

कार्यक्रममा एनआरएन अमेरिकाज क्षेत्रका संयोजक राम सी पोखरेलले यसपटक सदस्यता लिने तर्फ धेरै नै उदासिनता रहेको चर्चा गदै सदस्यता विस्तारका लागि सबैले सहयोग गर्नुपर्ने बताए । ‘नेपालभन्दा बाहिर प्रवासमा रहेको हामी नेपालीहरुको प्रतिनिधिमुलक संस्था भनेको एनआरएनए मात्र हो । नेपालको कानुनले एनआरएनएलाई मात्र चिन्दछ । तसर्थ यो संस्थाको सदस्यता लिनु प्रवासमा रहेका नेपालीको लागि कुनै कोणबाट पनि बेफाइदापुर्ण छैन’ पोखरेलले भने ।

कार्यक्रममा सदस्यता प्रति देखिएको उदासिनता, नयाँ एमआइएस प्रणाली, एनआरएनएले खेल्नुपर्ने भूमिकाका बारेमा ज्ञानेन्द्रबहादुर कार्की, दिनेश शर्मा, नारायण कँडेल, सन्तोष विष्ट, रबिन पाठक, शैलेश राज आचार्य, नेत्र पाण्डे, किरण पौडेल, सुरज भण्डारी, संदेश उप्रेती, लगायतले सुझाव दिएका थिए ।

कार्यक्रममा उपाध्यक्ष तथा सदस्यता भेरिफिकेसन समितिका संयोजक पराजुलीले १० दिनमात्र बाँकी रहेको अवस्थामा यसपटक टेक्ससबाट समेत सदस्यताको आवेदन सोचे भन्दा थोरै परेको जानकारी दिएका थिए । अहिलेसम्म टेक्ससबाट दुईसय ६० जनाको मात्र सदस्यता स्विकृत भएको छ । जम्मा दुईहजार ९ सय २० जनाको मात्र सदस्यता स्विकृत भएको छ ।