कोषाध्यक्ष पदका प्रत्याशी शर्मालाई समर्थन गर्दै उप्रेतीले फिर्ता लिए आफ्नो उमेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् (एनसिसी) अमेरिकाको अधिवेशन मिति नजिकिँदै गर्दा निर्वाचन निकै पेचिलो बन्दै गइरहेको छ। नेताहरुदेखि उमेदवारहरुसम्म, समर्थकहरुदेखि मतदाताहरुसम्मको समीकरणमा फेरबदल भइरहेको छ। यो क्रम निर्वाचनको मितिसम्म पनि जारी नै रहने छाटकाट देखिन्छ। यसैक्रममा एनआरएनए, एनसिसीको अध्यक्ष पदका प्रत्याशी डाक्टर अर्जुन बन्जाडेको समूहमा रहेर कोषाध्यक्ष पदमा उमेदवारी दिएका रवीन्द्र उप्रेतीले आफ्नो…