मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए, आइसिसिको महिला सहकोषाध्यक्ष पदका लागि शर्माले गरिन् उमेदवारी घोषणा

एनआरएनए, आइसिसिको महिला सहकोषाध्यक्ष पदका लागि शर्माले गरिन् उमेदवारी घोषणा


गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए, आइसिसि-NRNA, ICC)को आसन्न ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचनमा, महिला सहकोषाध्यक्ष पदका लागि एनआरएनए अभियन्ता तृष्णा शर्माले आफ्नो उमेदवारी घोषणा गरेकी छिन्। संस्थाको विधानले व्यवस्था गरे अनुसार आगामी दुइ वर्षीय कार्यकाल(२०२३-२०२५) का लागि हुने निर्वाचनमा, शर्माले महिला सहकोषाध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेकी हुन्। निर्वाचन समितिको कार्यतालिका अनुसार, यही आउदो असोज ३० देखि कार्तिक ३ गतेसम्म अर्थात अक्टोबर १७ देखि २० तारिखसम्म नेपालको राजधानी काठमाण्डौंमा आयोजना गरिने ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन, कार्तिक २ गते अर्थात सेप्टेम्बर १९ तारिख बिहीवारका दिन हुने भएको छ। त्यसका लागि मनोनयन पत्र दर्ता गर्ने कार्यतालिका भने असोज २५देखि २७गतेसम्म अर्थात October १२देखि १४ तारिखसम्म रहेको छ।

उक्त निर्वाचनमा आफूले महिला सह-कोषाध्यक्ष पदमा उमेदवारी दिने गरी आवश्यक तयारीमा जुटिरहेको शर्माले जानकारी दिएकी छिन्। हाल एनआरएनए, आइसिसिको उत्तरी अमेरिका क्षेत्रको महिला संयोजकको भूमिका निर्वाह गरिरहेकी उनले, संस्थाको थप महत्वपूर्ण पदीय जिम्मेवारी वहन गरी अन्तर्राष्ट्रिय स्तरमा संस्था र संस्थाका सदस्यहरुको हितार्थ काम गर्ने आफ्नो इच्छा भएको र अग्रज, सहयोगी, सहकर्मी तथा संस्थाका सदस्यहरुले दिएको सल्लाह अनुसार नै महिला सहकोषाध्यक्ष पदमा आफूले उमेदवारी दिन लागेको जिकीर गरेकी छिन्। आफ्नो उमेदवारी घोषणालाई थप पुष्टि गर्दै उनले भनिन्, ‘ लामो समयदेखि यस संस्थामा आबद्ध भइ विभिन्न पदमा रहेर काम गर्दै आइरहेको छु। थप महत्पूर्ण पदीय जिम्मेवारी वहन गरी अन्तर्राष्ट्रिय स्तरमा संस्था र सदस्यहरुको हितका लागि काम गर्ने इच्छा छ। त्यसैले, अग्रज, सहकर्मी, सहयोगी तथा शुभचिन्तकहरुको सल्लाह अनुसार नै महिला सहकोषाध्यक्ष पदमा उमेदवारी दिने निश्चित गरेको हुँ।’

नेपालमा रहदा विभिन्न संघ संस्थामा आबद्ध रहेर समाजिक कार्यमा क्रियाशील रहेको र नेपाल बाहिर रहदा पनि एनआरएनए अभियानमा जोडिएर सामाजिक कार्यमा सक्रिय रहिरहेको बताउदै शर्माले भनिन्, ‘संस्थाको महत्वपूर्ण पद महिला सहकोषाध्यक्षको जिम्मेवारी वहन गरेर संस्था, संस्थाका सदस्यहरु, नेपाल र नेपालीको भलोका लागि थप योगदान पुर्याउन चाहन्छु।’ संस्थामा आबद्ध भएदेखि नै प्रदान गरिएको विभिन्न पदीय जिम्मेवारीहरु कुशलतापूर्वक वहन गरेको दावी गर्दै उनले सोही आधारमा सदस्यहरुले यस पटक पनि आफूलाई महिला सहकोषाध्यक्ष पदको जिम्मेवारी सुम्पने विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘संस्थाको अभियानमा मैले खेलेको महत्पूर्ण भूमिकाहरु र पुर्याएको योगदानहरुका बारेमा सदस्यहरु पूर्ण रुपमा जानकार हुनुहुन्छ नै। उहाँहरुकै साथ सहयोगले सफल पनि भए। फेरी, उहाँहरुकै उत्प्रेरणाले थप महत्वपूर्ण जिम्मेवारी वहन गर्न यो उमेदवारी पनि घोषणा गरेको हुँ। र, उहाँहरुले सो जिम्मेवारी सुम्पनु हुने नै छ भन्नेमा म विश्वस्त पनि छु।’

मातृभूमि नेपालको रुपन्देहीलाई आफ्नो मुख्य सामाजिक कार्य थलो बनाउदै बिगत लामो समयदेखि समाजिक क्षेत्रमा क्रियाशील रहदै आएकी शर्माले, सन् २००९ देखि अमेरिकाको, मासाच्युसेट्स राज्यको बोस्टनमा बस्दै आइरहेकी छिन्। बोस्टनमा रहदै बस्दै गर्दा उनी सन् २०१२ देखि एनआरएनएमा आबद्ध भएकी हुन्। उनले एनआरएनए, मासाच्युसेट्स, च्याप्टरको उपाध्यक्ष, राष्ट्रिय समन्वय परिषदको बोर्ड सदस्य र अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य पदको जिम्मेवारी सम्हाली सकेकी छन् भने, हाल उत्तरी अमेरिका क्षेत्रको महिला संयोजकको पदीय जिम्मेवारी वहन गरिरहेकी छिन्। यसको अतिरिक्त शर्माले नेपाल र अमेरिकामा रहेका विभिन्न संघ संस्थाहरुमा प्रत्यक्ष परोक्ष रुपमा आबद्ध रहेर सक्दो सहयोगी भूमिका निर्वाह गर्दै आइरहेकी छिन्।

एनआरएनएको विधानले मुख्य गरी वित्तीयसंग सम्बन्धित १ कोषाध्यक्ष, ३ सहकोषाध्यक्ष र १ महिला सहकोषाध्यक्ष पदहरुको व्यवस्था गरेको छ। संस्थामा वित्तीयसंग सम्बन्धित पदहरुमा कम्तीमा १ पद महिलाका लागि सुनिश्चितासहित महत्पूर्ण भूमिका र योगदानको अपेक्षा गर्दै यो पदको व्यवस्था गरिएको हो।