मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   
एनआरएन विशेष   

आसन्न महाधिवेशनले आफ्नो औचित्य पुष्टि गर्न सक्नुपर्छ : उपाध्यक्षका उमेदवार रोबिन शेरचन

आसन्न महाधिवेशनले आफ्नो औचित्य पुष्टि गर्न सक्नुपर्छ : उपाध्यक्षका उमेदवार रोबिन शेरचन

"अहिलेको नेतृत्वले आफूले गरेको कामको औचित्य पुष्टि गर्नु हुनेछ। पुष्टि गर्न नसके आलोचना खेप्नु नै पर्छ ।"

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

✍️ आगामी कार्यकाल (२०२३/२५) का लागि हुन गइरहेको संघको आसन्न निर्वाचनमा तपाईंले पनि उपाध्यक्ष पदमा उमेदवारी दर्ता गरेर चुनावमा होमिनु भएको छ। चुनावी माहोल कस्तो छ ?

-अहिलेसम्ममा मलाई ६० प्रतिशतभन्दा बढी निवर्तमान कमिटी र वर्तमान एनसिसी कमिटीबाट सकारात्मक सन्देश प्राप्त भएको छ। प्रतिस्पर्धामा केही नयाँ अनुहार तथा पुराना टिमका साथीहरूले समेत आकांक्षा देखाउनु भएकाले, प्रतिस्पर्धा रोचक हुने देख्छु। मेरो हकमा जीत सुनिश्चित छ। जित्नेमा ढुक्क छु।

✍️ संघको विधानअनुसार अरु धेरै पदहरु थिए। तर, तपाईंले उपाध्यक्ष पद नै रोज्नुको कारणचाहिँ के हो नि ? कतै अर्को कार्यकालको अध्यक्षका लागि अहिलेदेखि नै तयारीको कडी बनाउन लागेको त हैन ?

-जापानबाट आइसिसि सदस्यको हैसियतले संस्थामा काम गर्ने तरिका बुझें। केही नयाँ काम पनि गरियो। यसपटक उपाध्यक्ष जितेपछि पुरा नेपाल र प्रवासमा रहेका नेपालीका मुख्य मुख्य समस्याहरू केलाउन सकेँ र समाधानका बाटाहरु पहिल्याउन सकेमा, आगामी दिनमा अध्यक्ष पदमा जाने बाटो खुल्नेछ। आफूले आफैँलाई सक्षम बनाएर काम गर्नु पर्ने भएकाले र परिस्थितिअनुसार माग भएमा, एकपटक तयारी गरेर नेतृत्वसम्म पुग्ने कोसिस गर्नेछु। यसका लागि दुई वर्ष अझ मेहनत गर्नेछु।

✍️ तपाईंको चुनावी मुख्य मुद्दाहरु के के हुन् ?

प्रमुख मुद्दा हाल एनआरएनएको पद्धतिलाई सुदृढ बनाउने, रुपान्तरण गर्ने , बौद्धिक, सीपयुक्त जनशक्ति, दोस्रो पुस्तालाई एनआरएनएको घेराभित्र ल्याउने, रेमिट्यान्स रकमलाई उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनाउनेलगायत छन्।

✍️ तपाईंलाई मतदाताहरुले आफ्नो अमूल्य मत किन दिने ? आफ्नो उमेदवारीको औचित्यको पुष्टि कसरी गर्नुहुन्छ ?

– विगतमा जस्तै नेतृत्वमा विवाद, राजनैतिक हस्तक्षेपजस्ता कुराले संस्थाप्रति आम जनमानसमा एककिसिमको वितृष्णा पैदा भएको छ। यसलाई चिर्नु आवश्यक छ। संस्था सबैको साझा र अपनत्व भएको बनाउनुपर्ने छ। त्यसैले अब गफ होइन, कामलाई जोड दिनुपर्छ। कुरा कम, काम बढी गर्ने मेरो चरित्र भएकाले, आम मतदाताले पक्कै पनि मलाई अवसर दिनु हुनेछ। अहिलेको अवस्थालाई हेर्दा धेरै नै सकारात्मक प्रतिक्रिया पाएकाले म उत्साहित भएको छु।

✍️ निर्वाचनबाट आफू निर्वाचित हुनेमा कतिको विश्वस्त हुनुहुन्छ ? निर्वाचित हुने आधारहरु के के छन् ?

-चुनाव जित्ने आधारहरूमा मेरो काम मात्र हो। कुरा कम, काम बढी गर्ने भएकाले नै मैले निरन्तरको सम्मान र यो अभियानमा जोडिएको छु।

✍️ विधानले व्यवस्था गरेअनुसारको संख्यामा उपाध्यक्षहरु सहमतिमै चुनिने सम्भावना कत्तिको देख्नु भएको छ ?

-आकांक्षीहरु धेरै देखिए पनि खासमा अन्तिम समयसम्म धेरैले आफ्नो मनसाय परिवर्तन गर्नुहुनेछ। संस्थाको गरिमा उच्च राख्नका लागि निश्वार्थ रुपमा काम गर्ने ब्यक्तिहरु आउन जरुरी छ।

✍️ एनआरएनएको अभियानमा लागेको नाताले, गैर आवासीय नेपाली समुदायलाई के आह्वान गर्न चाहनुहुन्छ ?

-एनआरएनए एउटा विशुद्ध सामाजिक परोपकारी संस्था हो। यसका उद्देश्यहरु प्रष्ट छन्। बीचमा केही आफ्ना उद्देश्य र पद्धति कार्यन्वयनका सन्दर्भमा डगमग गरेकोजस्तो भएता पनि सधैँ त्यस्तो हुँदैन। त्यसैले, आउनुस् हातेमालो गरौँ । एकले अर्कालाई सहयोग गरौँ । मानवताको धर्म निभाऔँ ।

✍️ अन्तमा केही भन्नु छ कि ?

-संस्थामा लिनभन्दा पनि दिन जाने हो । एनआरएनए तपाईंहरूकै साथ तथा आग्रहअनुरूप संस्थालाई अझ मजबुत र सबैको कुरा सुन्ने बनाउने अभिमारा हाम्रै हो। त्यसैले, यसपटक मलाई उपाध्यक्ष पदमा सबैजनाले मतदान गरेर विजयी बनाइदिनका लागि हार्दिक अपिल गर्दछु। विधानमा यसपटक ६ जना खुल्ला, एक जना महिला र एक जना युवासहित जम्मा आठ जना उपाध्यक्ष निर्वाचित हुने व्यवस्था छ। मैले खुल्लाबाटै निर्वाचित हुन उमेदवारी दिएको छु। ठूलो मन्दिरको दर्शन गर्न जाँदै गर्दा अगाडि रहेको सानो मन्दिरमा पनि एउटा फूल चढाइ दिनुहोला। तपाईंहरुको विश्वास टुट्न दिनेछैन। धन्यवाद !