जानकीको आँशुमा चलेको अर्थतन्त्र : विजय घिमिरे

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कतार उड्न तयारी अवस्थामा रहेको जहाजमा सँगैको सिटमा बसेकी महिलाको मोबाइल फोनमा घण्टी बज्यो। हेलो मात्र के भनेकी थिईन् उनी भक्कानिदैं आँशु झार्न थालिन्।   शव्द निकाल्न सकिनन्। पुगेपछि गर्छु है, भनेर फोन काटिदिइन र रसाएका आँखा पुछ्दै समालिने प्रयास गरिन्। जहाज विस्तारै गुड्न थाल्यो, अलि अलि हल्लिएको पनि थियो। जहाजले यसरी…