श्री सभापतिज्यू, संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सिंहदरवार, काठमाडौं २०७२ साल जेष्ठ २५ गते एनेकपा(माओवादी), नेकपा एमाले, नेपाली कांग्रेस र मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)समेत चार दलहरुका बीचमा भएको सहमतिमा राष्ट्रिय जनमोर्चाको फरक मतबारे प्रकाश पार्नको लागि निम्नलिखित अवधारणापत्र प्रस्तुत गरेको छु । १) नं १ बुँदामा सुरुमा नै “संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल” भनेर लेखिएको…