नेपालको समाचारहरु पढ्दा जो कोहीलाई पनि त्यहांको कष्टकर अवस्थाले निराश वनाउंछ । महाभुकम्पले देशलाई थिलो थिलो वनाएको थियो । ८ हजार भन्दा वढीको ज्यान गयो । २० हजार गाउंहरु यो भुकम्पको मारमा परे । हज्जारौं स्कुलहरु क्षतविक्षत भए । तर, संविधाननै वन्दैन भन्ने आशंकालाई चिर्दै दुई महिना अघि संविधान सभाले अत्याधिक बहुमतवाट जारी गरेको संविधानले राजनीतिक संक्रमणकाल समाप्त गरेको छ । यो सुखद समाचार थियो । तर, संविधान जारी भए लगत्तै अघोषित नाकावन्दीले देशमा मानविय संकट नित्याएको छ ।
देश पुर्ननिमार्ण गर्नु पर्ने बेला ग्यांस, तेल र दैनिक उपभोग्य अत्यावश्यक वस्तु जटाउन धौ धौ परेको अवस्था छ । तर, यसमा निराशा भईहाल्नु पर्ने अवस्था भने छैन । यो संकटले देशलाई नयां ढंगले पुर्ननिमार्णमा जान पनि मद्दत गरिरहेको छ । परनिर्भर अर्थतन्त्र, हामीले विगतमा गरेका कमी कमजोरीहरु वहसमा आएका छन् । यो सकरात्मक पक्ष छ । यो विश्वमा पुर्ण आत्मनिर्भर संभव छैन तर, स्वभिमानका लागि एकपट्टी मात्र वढी निर्भर हुनहुंदोरहेनछ भन्ने पाठ पनि हामीले पुन सिक्ने मौका पायौं । यो संकटलाई कसरी शक्तिमा वद्ल्ने यो देशको र नेपाली समुदायको चुनौती हो । र यो नयां अवसर पनि हो ।
दुई महिना भयो देशमा प्रति लिटर १ सय ७ रुपैंया पर्ने पेट्रोल ३००, ४०० मा कालोबजारी भईरहेको छ । ट्याक्सीको भाउ सुन्दा जिब्रो टोक्नु पर्छ । आधा सिलिण्डर ग्यांस पनि पाईएको छैन । कसरी सांझ विहानको गर्जो टार्ने भन्ने समस्या वढीरहेको छ । तर, यो अवस्था सधै रहदैंन । विभिन्न माग राखी आन्दोलनरत मधेशवादी पार्टीसंग सरकार र राजनीतिक पार्टीको वर्ता भईरहेको छ । औपचारिक र अनौपचारिक रुपमा यो मानविय संकट वढ्न नदिन छिमेकी देश पनि सहमत भएका खवर आएका छन् । आशा गरौं यो संकट केही दिनमै सकिन्छ र देशले विकासमा नयां गति लिन्छ ।
आशा जगाउने थुप्रै विषयहरु पनि छन् । ठुलो लगानीलाई सहज वनाउने गठन भएको लगानी बोर्डमा नेपालमा १० अर्ब रुपैंया भन्दा वढी लगानी गर्ने इच्छा देखाउंदै निवेदन दिने संख्या उल्लेख्य छ । जलविद्युत, सिमेन्ट लगायत कयौं क्षेत्रमा विदेश लगानीकर्ताले ठुलो पुंजी लगाउने मनशास राखि बोर्डमा प्रस्ताव पेश गरेका छन् । यसवाहेक स्वदेश र विदेशमा वस्ने नेपालीले पनि होटल, व्यवसायीक कृषि, जलविद्युत लगायत कयौं क्षेत्रमा लगानी गर्दै छन् । गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले काठमाडौंमा १० अर्ब रुपैंया भन्दा वढीको होटलमा लगानी गर्न जुटेका छन् । नेपालकै लक्ष्मी समुह, लगायत कयौं उद्योग व्यवसायीपनि स्तरीय होटलमा पैसा लगाईरहेका छन् । कोलोराडोमा रेष्टुरेष्ट गरिरहेको एक जना व्यवसायीले नेपालमा गएर वियर उत्पादन गरेका छन् ।
अव हामीले केही महिना पछि काठमाडौंको मातातिर्थवाट केवलकार चढी चन्द्रागिरी उल्केर रमाउन सक्छौ । ३ अर्ब रुपैंया भन्दा वढी पुंजी लगानीमा चन्द्रगिरीमा केवलकार वन्दै छ । देशका कयौं स्थानमा सानो देखि ठुलो लगानीमा कयौं जलविद्युत परियोजनाहरु वनिरहेका छन् । यी परियोजनाले क्रमश विद्युत आपुर्ति वढाउंदा देशले भोग्नुपरेको लोडसेडिगंको समस्यापनि कम हुदै जाने छ । तर, यति लगानी मात्र पर्याप्त हुदैंन । अझ कयौं क्षेत्रहरुमा पुंजी लगानीको आवश्यकता छ । आउने सकरात्मक वातावरणलाई विदेशमा वस्ने नेपाली समुदायले पनि उपयोग गर्न अव पछि पर्नु हुदैंन । नेपालमा केही हुदैंन भनेर पछुताउनु भन्दा कसरी त्यहां सहभागी भई आफ्नो ज्ञान,सीप र पुंजी उपयोग गर्ने त्यस तर्फ जांदा अवसरको उपयोग गर्न सकिन्छ । पुंजी मात्र होइन सृजनशीलता पनि देशलाई खांचो छ ।
लगानीको मुख्य उद्देश्य नाफा हो । नाफा हुदैंन भने कुनै पनि व्यवसाय समाजका लागि समेत भार बन्छ । देशको नयां अवसरवाट कसरी देशलाई फाइदा लिने आफुले पनि नाफा दिने छलफल गरौं । अवसर खोजौ र सहभागी बनौं ।
प्रतिक्रिया