डेटिङ्ग– स्पट बेल्टलाइन

साँझपखको हिँडाई सकेर तेजप्रसाद लिजिङ अफिस अघिल्तिरको बेञ्चमा सुस्ताएका छन् । मार्च महिनाको बेलुकीपख ड्यालसको मौसम हिँडडुल गर्नका लागि अति उत्तम छ । आज उनले बेल्टलाइनमा आफ्नो अपार्टमेन्टदेखि अर्भिङमलसम्म र त्यहाँबाट फेरि फर्किएर हाइवे–१६१ नजिकको रेसट्रयाक ग्याँस स्टेशनसम्म हिँडे । यति हिँड्दा झण्डै ६ माइल यात्रा तय भयो । दिनको ३÷४ माइल हिड्ने समय मिलेन…