‘साँझ ६ बजे बानेश्वरको एलिनाज बेकरीमा आइस्योस् है । म कुरेर बस्छु’ मुनाले मेसेज गरि । हरेक साताको शुक्रबार जसो उसले यसैगरि मलाई निम्तो दिइरहन्छे । रेस्टुरेन्ट उसैको च्वाइसमा हुन्छ । कहिले टेकु त कहिले महाराजगञ्ज, कहिले भक्तपुर त कहिले दरबारमार्गका रेस्टुरेन्टमा हामी पुग्छौँ । चार भञ्ज्याङ भित्र स्तरीय भनेर नाम कहलिएका कुनै रेस्टुरेन्टहरु शायद…