यथार्थमा भन्ने हो भने अमेरिकी महिलाहरुको हड्तालको सम्मानमा अन्तर्राष्ट्रिय महिला दिवसको शुरुवात भएको भन्ने जान्न अमेरिकी महिलाहरुका निम्ति यो वास्तविक गर्व र प्रेरणाको स्रोत हुनुपर्दछ। सन् १८५७ मा संयुक्त राष्ट्र संघका अनुसार न्युयोर्क शहरका कपडा मजदुरहरू जुलुसमा उत्रिए । श्रमिकहरु विचको एकता र सहकार्यबाट समानताको निम्ति माग गर्दै गार्मेन्ट महिला मजदुरहरूले कम तलबको विरोधमा…