मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

के हाम्रो नियत सहि छ ?

के हाम्रो नियत सहि छ ?


जता ततै कोरोनाको महामारी छ । मान्छेहरु यस्तो कठिन घडिमा कसरी बाच्ने भनेर सोच्दै छन्  । आपत बिपतमा के गर्ने भनेर आतिनु सामान्य कुरा हो , अझ हाम्री जस्तो देशमा यो झनै सामान्य हुन्छ । हुने खाने त पैसाले अनेक उपाय गरेर किन्छन , नहुनेले चै के  गर्छन ? 
 
हिजोमात्र एउटा नेपाली मिडियामा भाईरल भएको भिडियो हेरें अनी मेरो मनमा अनेक प्रश्नहरु आए । मेरो देशमा नियम क़ानून भन्ने चिज पनि छर जस्तो लाग्यो । त्यो भिडियो हेर्दा यस्तो लाग्यो कि हाम्रा सरकारी सेबा दिने ब्यक्तीहरु यती अनप्रोफेशनल छन् भन्ने लाग्यो । हाम्रो स्कूलिंग त्यस्तै भएर हो कि ? 
 
मलाई लाग्छ हाम्रो देशमा जिम्मेबारी र असल नियतको खाचो छ । हामीमा किन जन चेतना कमी भएको होला ? एउटा आमाले आफ्नो बच्चाको लागि औषधी किन्न न पाउने हो ? त्यो लाठी हान्ने  प्रहरीको आफ्नो बच्चा बिरामी भयो भने उस्को श्रीमतीलाई त्यसरी नै लाठी हान्वो  भने के होला ? 
 
यो समयमा त्यो प्रहरीलाई पनि काम गर्न गाह्रो छ  , म बुझ्छु ।  तर मनब अधिकार नभाको जस्तो गरी त्यसरी प्रहरीबाट दुर्ब्यवहार कती पनि सहनिय हुँदैन ।  
 
बिकसित देशमा प्रहरी कडा हुन्छन् तर उनीहरुले कती सम्म कडा गर्ने भनेर उनीहरुलाई बिशेष तालिम हुन्छ । त्यो अनुसारको नियम पालना गरेन  भने त्यो प्रहरीलाई पनि कडा भन्दा कडा कारबाही हुन्छ ।
 
हाम्रो नेपाल प्रहरी किन मौन छ ? यस्ता प्रहरीले गर्द पुरै संगठनको बदनामी हुँदा लाज लाग्दैन ? 
 
देशमा अप्ठेरो परिस्थितिमा सबै बर्ग मिल्नु पर्नेमा उल्टै यस्ता घट्नाले समाज नै त्रसित हुने स्थिति छ । धनी त यसै  धनी छन् ,  तर दिनभरी काम गरेर आफ्नो पेट पाल्ने गरीबहरुलाई खोई  सरकारले हेरेको  ? जनताले कर तिरेको पैसा खोई ? यस्तै बेलाको लागि चहिने होइन र ? कमसेकम प्रत्येक निम्न आय भएका जनताहरुलाई अलीकती भएपनि राहत स्वरूप  नगद दियोभने गुजारा त चल्छ ।
 
देशको राजधानी काठमाडौंमा घर भाडा रकम नलिने रे , ल ठीकै  छ धनी घरबेटीलाई केही भएन ,  तर एक पटक सोचौंत बैंकबाट ऋण लिएर घर बनाको घर धनीले चै कसरी तिर्छ बैंकलाई ऋण ? बैंकको ऋण त छुट भएको छैन क्यारे , होइन कस्तो प्रकारको नियम हो यो ? नियम त सबैलाई बराबर हुन्छ होइन र ? सरकारले  यो अवस्थामा  बिशेष खालको सुभिधा  अनि त्यो अनुसारको नियम कानुन बनाउन सक्दैन र ?
 
आपद विपदको यो बेला हामी सचेत र संवेदनशील दुवै हैं । आफू जोगिऔं, आफ्नालाई जोगाउँ । सबैले एक अर्कालाई सकेको सहयोग गरौं । सरकारलाई पनि राम्रो काम गर्न दबाव दिउँ