मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
विचार / ब्लग    

ईश्वर र धर्मका कुराः

ईश्वर र धर्मका कुराः

- देवराज न्यौपाने

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– देवराज न्याैपाने

– जुन चिजको जवाफ छैन त्यो ईश्वर हो ।
– जुन चिजको कन्ट्रोल छैन । अथवा हाम्रो वश भन्दा बाहिर छ त्यो ईश्वर हो ।
– जो जन्मिदैन र त्यसैले मर्दैन पनि त्यो ईश्वर हो ।
– जसको कुनैं रुप छैन, रङ्ग छैन । कारण छैन तर पनि छ त्यो ईश्वर हो । निर्गुण, निराकार, निरामय परब्रम्ह परमेश्वरको कुरा प्राय धेरै सम्प्रदायले गर्छन्, बेद पुराणमा यसको चर्चा छ । यो मुलत प्रकृति हो, जसलाई मान्छु या मान्दिन भन्नुको के तुक छ जसमा हाम्रो जन्म मृत्यु या अस्तित्व रहेको छ र जुन भौतिक अस्तित्व भन्दा पर अलग्गै छ?

ईश्वर र धर्मः
ईश्वर सत्य हो चाहे कसैले जुनसुकै रुपमा मानोस् या नमानोस् । ईश्वरलाई केही फरक पर्दैन, उसले आफ्नो काम निरन्तर गरिरहन्छ । ईश्वर र धर्म एउटै कुरा हैन । धर्म मानिसहरुको सामुहिक रुपमा जीवन जिउने एउटा सम्प्रदायको कला हो । ईश्वर मान्नुस या नमान्नुस् या जुनसुकै रुपमा मान्नुस तर तपाई बाँचेको सम्प्रदायमा खुशी खुशी बाँच्न नभै नहुने चिज हो धर्म । त्यसैले ईश्वरको बिरोध गर्नुस् या पुजा गर्नुस तर कसैको धर्मको बिरोध गर्न तपाई पाउनु हुन्न । यदि गर्नु भयो भने कुनै हिसाबले तपाई दण्डित हुनुहुनेछ । यो तपाई आफ्नैं लागि अभिशाप हुनेछ । सबैलाई आफ्नो धर्म सम्प्रदाय बलियो बनाउनु छ । यही बलियो बनाउन धर्ममा ईश्वरको प्रयोग गर्ने प्रयास गरिन्छ । धर्मको परिभाषा जे धारण गरिन्छ त्यो धर्म हो । जस्तै खुर्सानीको धर्म पिरो हुनु हो, खुकुरीको धर्म काट्नु हो । यो मानिसहरुको खास समुदायको परिचय हो । त्यसैले मुलत धर्म एक संस्कृति हो ।

धर्मको उत्पतीः
धर्मको उत्पतीमा ईश्वरको रौं बराबर पनि हात छैन । यो त मान्छेले आफ्नो आबश्यकता बमोजिम बनाउदै आएको परिमार्जन गर्दै आएको चिज हो । त्यसैले यिनको फरक फरक आयु छ र कुनै भखर नयाँ जन्मिने क्रममा होलान ।
धर्म मान्छेलाई आबश्यक चिज हो । जसको पछाडी लामो समयको सोच बिचार जीवन शैलीको परम्परा । जन्म देखि मृत्यु सम्मका संस्कार र तिनमा समयानुकुल हुदै आएका परिमार्जनहरु हुन्छन । यसमा परिवार, समाज, प्रेम र ब्यबहारका कुराहरु हुन्छन । यसमा बिश्वाश, अन्ध बिश्वास, आस्था, मुल्य, मान्यता र अनुशासनका कुराहरु हुन्छन् । समग्रमा यसले सिंगो समुदायको परिचय र संस्कृती झल्किएको हुन्छ । समाजको अस्तित्व, बल/तागत र गौरव झल्किएको हुन्छ । यसमा मान्छे संबेदनसिल हुन्छ, आफ्नो बलियो बनाउने र अर्काको भत्काई दिन खोज्ने प्रबृतीले संसार पिडित छ । त्यसैले धर्मका नाममा सब भन्दा धेरै गलत राजनीति भएको छ र पाप भएको छ । जनता यसमा सबभन्दा बढी सचेत हुन पर्छ नत्र यो हामीलाई नभै नहुने धर्मले हाम्रै बिनाश निम्त्याउन पनि सक्छ । धर्म प्रति मान्छेको आस्था हुन्छ, लगाव हुन्छ । यसमा मान्छेको जीवन हुन्छ ।

समाधानः
– कुनै पनि धर्मको बिरोध गर्न नपाई । पूर्ण रुपमा धार्मिक स्वतन्त्रता तर कसैले कसैलाई स्यानो पनि दुर्ब्यबहार गरे कडा रुपमा दण्डित गर्ने । एकले अर्काको सम्मान गर्ने र राज्य तटस्थ रहने । नेपाली जनताको एकता मुल मन्त्र हुने, धर्मको नाममा बिभाजन कदाचित अस्विकृत ।

– आफ्नो धर्मको प्रचार ठिक्क गर्न पाई, अरुलाई डिस्टर्व गर्न नपाई र अरुको बदख्वाई गर्न बिलकुल नपाई र त्यस्तोलाई कडा कानुनी कार्वाही ।