मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   
विचार / ब्लग    

काठमाडौँका रुखहरु

काठमाडौँका रुखहरु

सम्बुद्ध पौड्याल

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजधानी काठमाडौँ, सपनाको सहर नेपालको सबैभन्दा धेरै जनसंख्या भएको सहर हो । यो ठुलो सहरको सुन्दरता र मानिसको स्वास्थ्य वृद्धिमा यस सहरका रुखहरुले धेरै ठुलो भूमिका निर्भाह गरेका छन् । फुटपाथ छेउछाउका रुखहरुले बाटोको सुन्दरता बढाएको छ । विद्यार्थीमाथि गरेको सर्वेक्षण अनुसार सम्पूर्ण विद्यार्थीलाई रुख वरिपरी भएको बाटो मनपर्छ । विद्यार्थीहरुका अनुसार रुख वरिपरी भएको बाटोमा हिड्दा तिनीहरुलाई शान्त तथा सुरक्षित महसुस भएको थियो । रुख वरिपरी भएको घरजग्गाको भाउपनि रुखहरुका कारण बढेको पाईएको छ । ती विद्यार्थीले हरियो रुख देखेर काममा ध्यान दिन सहज भएको भनेर जनाएका छन् । मेलबर्न विश्वविध्यालयमा गरेको अनुसन्धान अनुसारपनि यही कुरा पुस्टि भएको छ । बालबच्चाको शिक्षामा पनि रुखहरुको ठुलो भूमिका रहेको छ । काठमाडौँका विद्यार्थीको भविष्यमा योगदान दिने रुखहरु पनि हुन् ।

सहरमा जङ्गलनै राख्न मिल्दैन तर भएको ठाउँमा रुख रोपे परिवर्तन ल्याउन सकिन्छ । काठमाडौँको तापक्रम बढिरहेको समयमा रुखहरुले त्यो समस्या समाधान गर्न सहयोग गर्छ । छायाँ दिएर , पानी पार्न मद्दत गरेर, जमिनको पानी ‘रिचार्ज’ गर्न, माटोलाई सुक्खा पार्न नदिएर आदि माध्यमबाट सहरको जलस्रोत, वायु गुदस्तर आदि राम्रो पार्छ । काठमाडौँ सहरका रुखहरुको अर्को समस्या भनेको बिजुलीको तारहरु हुन् । रुखका हाँगाहरु बढेर तारमा अल्झिन्छन र त्यसले तार चुडिने र सक लाग्ने समस्या निम्त्याउन सक्छ । यस समस्यालाई समाधान गर्न जमिन मुनि तार राख्न सकिन्छ र त्यो कार्य भैरहेको पनि छ ।

काठमाडौँमा पाइने एउटा रुख हो ‘समी’ (Ficus benjamin) । यस रुखले हावामा पाइने हानिकारक पदार्थलाई सफा गर्छ । काठमाडौँ महानगरपालिकाले

अहिले फुटपाथ छेउमा रुख रोपिरहेको समयमा यस रुख पनि धेरै रोपेको छ । वर्षभरी हरियो रहिरहने भएकाले पैदलयात्रीलाई छायाँ दिन्छ र बाटोलाई पनि हरियो पारेर सहरलाई सुन्दर पार्छ । काठमाडौँलाई वसन्त ऋतुमा सुन्दर पार्ने अर्को रुख हो भँगेरी फूल (Jacaranda mimosifolia) । नरम बैजनी रङ्गको फूलले काठमाडौँको बाटोलाई अति मनमोहक पार्छ । आकाश निलो भएको समयमा यो फूलले काठमाडौँको शोभामा थप झलक प्रदान गर्छ ।

काठमाडौँ सहरको अर्को संस्कृति हो बिहान चरालाई चारो हाल्ने । बिहान छतमा होस् वा मन्दिरमा, चरालाई चारो हालेको देखिन्छ । ती चराको घर यिनै रुखहरु हुन् । चराको आवाजले मानसिक रूपमा पनि हामीलाई राम्रो गर्छ । हाम्रो सहरिया संस्कृतिलाई चलाईराख्न सहरका रुखहरुको ठुलो भूमिका छ ।  काठमाडौँ सहर लाखौको घर हो । मानिस, चरा आदि सबै । रुखहरुले यस सहरलाई बचाईरहेका छन् । तर तिनै रुखको चर्चा भने गरेको पाइदैन ।