मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

एएनएद्वारा नयाँ प्रधानमन्त्रीलाइ बधाइ दिँदै ध्यानाकर्षण

एएनएद्वारा नयाँ प्रधानमन्त्रीलाइ बधाइ दिँदै ध्यानाकर्षण

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उत्तर अमेरिका (अमेरिका तथा क्यानाडा) मा रहेका नेपालीहरुको संस्था ‘एसोसिएसन अफ नेप्लिज इन द अमेरिकाज’ (एएनए) का तर्फबाट नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना प्रेषित गर्दै सरकारले प्राथमिकतामा राख्नुपर्ने क्षेत्रका बारेमा ध्यानाकर्षण गराइएको छ । 
 
एएनएका अध्यक्ष अध्यक्ष विजयराज भट्टराईद्वारा जारी प्रेस बिज्ञप्तीमा नेपाल धेरै चुनौतीहरु माझ अघि बढिरहेको चर्चा गर्दै पाँचौ पटक एउटै व्यक्तिलाई प्रधानमन्त्रीको रुपमा पाउदा हरेक चुनौतीहरुको सहज समाधानको अपेक्षा प्रवासी नेपालीहरुले राखेको उल्लेख छ । विज्ञप्तीमा उत्तरी अमेरिकाबाट हेर्दा देखिएको नेपालको हालको अवस्थालाई ६ वटा बुँदामा, नयाँ सरकारले प्राथमिकतामा राख्नुपर्ने कुराहरुलाई नौ वटा बुँदामा, मानव अधिकारको क्षेत्रमा ६ वटा क्षेत्रलाई बिस्तृत उल्लेख गर्दै सरकारको जिम्मेवारीलाई स्मरण गराइएको छ। 
 
साथै एएनएले डायस्परामा रहेका नेपालीसँग संयोजन गरि नेपाल सरकारले सहयोगको आवश्यकता ठानेमा सहयोग गर्न तयार रहेको जनाएको छ। 
 
नेपालका प्राय: सबै प्रधानमन्त्रीहरु, सबै पार्टीका बरिष्ठ नेताहरु विभिन्न कालखण्डमा एएनएको निमन्त्रणामा अमेरिका आएका छन् । एएनएमा बिशेष गरेर शैक्षिक विशिष्टता हासिल गरेका तथा प्रोफेसनलहरुको नेतृत्व रहेको र कार्यकारिणी समिति, ट्रष्टी तथा सल्लाहाकार समितिमा समेत कुनै न कुनै राष्ट्रिय, अन्तराष्ट्रिय सामाजिक संस्थामा बिशेष जिम्मेवारी निर्बाह गरिसकेकाहरु रहेको र नेपाल तथा अमेरिकी सरकार संग समेत आफ्नै पहिचान बनाइसकेको हुँदा एएनएले नेपाल तथा अमेरिकामा आफ्नै पहिचान बनाएको छ।