मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपालको ग्रामीण वस्तीदेखि अमेरिकी संसद भवनसम्म ह्यारी (भिडियो सहित)

नेपालको ग्रामीण वस्तीदेखि अमेरिकी संसद भवनसम्म ह्यारी (भिडियो सहित)

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क (अमेरिका)- नेपालको पर्वत जिल्लास्थित एउटा समान्य परिवारमा जन्मिएका ह्यारी भण्डारीले जीवनमा आफूले एक दिन अमेरिकाको मेरिल्यान्ड राज्यको सांसदमा निर्वाचित भएर इतिहास कायम गर्छु भन्ने सायद कल्पना पनि गरेका थिएनन् ।

ह्यारीले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन्I  अमेरिका पुगेका ह्यारी १४ वर्षको छोटो अवधिमै अमेरिकी राजनीतिमा छलाङ मार्न सफल भए । नेपालको एउटा साधारण सरकारी स्कुलमा अध्ययन गरेका ह्यारीले अमेरिका आएर डेमोक्रेटिक  पार्टीको सदस्यता लिई अमेरिकी मूलधारको राजनीतिमा  प्रवेश गरेर जीवनकै सबैभन्दा ठूलो सफलता हासिल गरे ।

विकासोन्मुख देश नेपालको ग्रामीण भेगमा सामान्य परिवारमा जन्मेका तिनै ह्यारी विश्वको विकसित देश अमेरिकाको मेरिल्यान्ड राज्यको संसादजस्तो उच्च पदमा निर्वाचित भई अमेरिकाको राजनीतिक इतिहासको पानामा आफ्नो नाम लेखाउन सफल बनेका छन् ।

मेरिल्यान्ड राज्यको ८ नम्बर डिस्ट्रिक  हाउस अफ डेलिगेट्सको रुपमा अमेरिकी संसादमा पाइला राख्ने ह्यारी भण्डारी पहिलो नेपाली मूलका अमेरिकीसमेत बन्न पुगेका छन् ।