वासिङ्टन । कोरोनाभाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोनले आगामी महिनाहरूमा अमेरिकी आर्थिक वृद्धिलाई सामान्य प्रभाव पारे पनि यसका कारण अमेरिकी अर्थतन्त्र कमजोर नबन्ने अर्थमन्त्री जेनेट एलेनले बताएकी छन् । “ओमिक्रोनले अमेरिकी अर्थतन्त्रको तौल गर्नेछ तर यसलाई कमजोर गर्ने छैन,” विभिन्न शहरबाट वासिङ्टनमा भेला भएका नगरप्रमुखहरूसँगको छलफलपूर्व मन्त्री एलेनले बुधबार बताएकी हुन् । उनले भनिन्, “पक्कै…