मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विट्क्वाइन लगायत क्रिप्टोकरेन्सीको मूल्य तल झर्यो

विट्क्वाइन लगायत क्रिप्टोकरेन्सीको मूल्य तल झर्यो


अमेरिका- डिजिटल सुन पनि भनिने क्रिप्टोकरेन्सी विट्क्वाइनको मूल्य सोमवार एकै दिनमा करिव ५ प्रतिशतले तल झरेको छ । सोमवार २ बजे एक विट्क्वाइनको मूल्य ३० हजार डलरको हाराहारीमा झर्यो ।
 
गत बर्ष प्रति विट्क्वाइन मूल्य ६९ हजार डलरसम्म पुगेको थियो । यो रेकर्ड वनाएर मूल्य तल झर्न थालेको हो । सोमवार आफ्नो उच्च मूल्यवाट विट्क्वाइनले आफ्नो आधा भन्दा वढी भ्यालु गुमाएको छ ।
 
विट्क्वाइन सवैभन्दा महंगो क्रिप्टोकरेन्सी हो । विट्क्वाइन मात्र होइन अन्य क्रिप्टोकरेन्सी पनि तल झर्न थालेका छन् । इथेरियम, डगक्वाइन, सिवाइन लगायतको मूल्य पनि तल झरेको छ । कयौं नेपालीले पनि क्रिप्टोकरेन्सीमा  लगानी गरेका छन् ।
 
अमेरिका लगायत विश्व भर उपभोग्य वस्तुमा भईरहेको उच्च मूल्य बृद्धि, अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भ द्धारा व्याजदरमा बृद्धि लगायतका कारणले शेयर बजार लगायत क्रिप्टोकरेन्सी तल झरेका हुन् ।
 
अहिले अधिकांश लगानीकर्ता जोखिम युक्त लगानीलाई विक्रीगरेर सुरक्षित हुन खोजेकाले पनि बजार तल झरेको विश्लेषण छ । क्रिप्टोकरेन्सी सवैभन्दा जोखिम युक्त लगानी हो । किन्ने भएमात्र यसको मूल्य छ वा फाइदा आउंछ । तस्बिर: सामाजिक संजाल