मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

ज्ञवाली भए काउन्सिलरमा उपविजेता

ज्ञवाली भए काउन्सिलरमा उपविजेता

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ड्यालस (अमेरिका) – युलेस सिटीको काउन्सिलम्यानका लागि शनिबार भएको निर्वाचनमा नेपालीमुलका मोहन ज्ञवालीले सम्मानजनक मत ल्याएर उपविजेता भएका छन् । उनका प्रतिस्पर्धी अमेरिकीमुलका एडी प्राइस एकहजार आठसय ६१ मत प्राप्त गरेर विजयी भएका छन् ।
 
ज्ञवालीले एकहजार ९५ मत पाएका छन् । अमेरिकाको मुलधारको राजनीतिमा प्रवेशको मुख्य आधार  सिटी काउन्सिललाई मानिन्छ । ज्ञवालीको उम्मेदवारीलाई प्रवेशलाई लिएर सिटीको संस्थापन पक्षले बिभिन्न अफवाह फैलाएको थियो । उक्त अफवाहका बीच ज्ञवालीले पाएको मतलाई निकै सम्मानजनक रुपमा लिइएको छ ।
 
विगत दुई दशकभन्दा बढी समयदेखि अमेरिकामा रहेका ज्ञवालीले लामो समय न्यूयोर्कमा बिताए । केही वर्ष अघिमात्र टेक्सस सरेका उनी सामाजीक कृयाकलापमा निकै सकृय छन् ।
 
चुनावी परिणाम सार्वजनिक पछि शनिबार साँझ आयोजित संक्षिप्त कार्यक्रममा ज्ञवालीले आफू मतको संख्यात्मक रुपमा पछि परेपनि अमेरिकीभूमिमा पाएको यो मतले अझै कृयाशील हुन जाँगर थपिएको उल्लेख गरे ।
 
‘म मेरो प्रतिस्पर्धी विजेतालाई बधाई दिन चाहन्छु । सिटीमा यो मेरो सुरुवात हो । अझै धेरै माथिको लक्ष्य र योजना लिएर म निस्किएको छु’ उनले भने । ज्ञवालीले आफूलाई सहयोग गर्ने अमेरिकी मतदाता, स्वयमसेवक, चन्दादाताहरुलाई धन्यवादका साथ आभार व्यक्त गरेका छन् ।
 
युलेस ड्यालसको डिएफडब्लु मेट्रोप्लेक्समा पर्ने सिटी हो । गत वर्ष भएको काउन्सिल निर्वाचनमा नेपालीमुलका टीका पौडेल विजयी भएका थिए । सिटीमा हरेक वर्ष २/२ जनाका दरले काउन्सिलरको निर्वाचन हुने गरेको छ ।