फिलाडेल्फिया । अमेरिकाको फिलाडेल्फियास्थित एक भवनमा आगलागी हुँदा ८ बालबालिकासहित १२ जनाको मृत्यु भएको छ । भवनमा २६ जना मानिस बस्दै आएकोमा ८ जना भने भागेर ज्यान जोगाउन सफल भएका छन् भने दुई व्यक्ति घाइते भएका छन् । आगलागीको समयमा बज्ने सङ्केत घडीले काम नगरेपछि आगो नियन्त्रणमा ढिलाई भएको उद्धार अधिकारीले बताएका छन् । …