मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

डा. भगवान कोइराला ह्युस्टन आउने

डा. भगवान कोइराला ह्युस्टन आउने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन (अमेरिका)- डा. भगवान कोइराला चिनाइरहनु पर्ने व्यक्ति होइनन्। नेपालमा आफ्नो पेशा/कर्म गरेरै अत्यन्त लोकप्रिय डा. कोइराला हाल नेपालको सात वटै प्रदेशमा सुविधा सम्पन्न र सर्वसाधारणको पहुँच रहने खालको बाल अस्पताल बनाउने अभियानमा छन्। डा. कोइरालाको आफ्नो पेशाप्रतिको निष्ठा र अब्बलताको उदाहरण शहीद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्र स्थापना र त्यसको सहज व्यवस्थापनले देखाइसकेको छ।
 
टिचिङ्ग हस्पिटल अन्तर्गतको मनमोहन मेमोरियल कार्डियो-भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको समेत सफल नेतृत्व गरिसकेका डा. कोइराला अहिले काठमाण्डू इन्स्टिट्यूट अफ चाइल्ड हेल्थ( केआइओसिएच) को अगुवाईमा सातवटा बाल अस्पताल बनाउने लक्ष्य लिएर राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सहयोग जुटाउने अभियानमा छन्।
 
सोही अभियानको क्रममा डा. कोइराला हाल अमेरिकामा रहेका नेपाली समुदायहरुसंग छलफलका लागि अमेरिका भ्रमणमा छन्। काठमाण्डू इन्स्टिट्यूट अफ चाइल्ड हेल्थको स्थानीय सहयोगी संस्था K-Pals को व्यव्स्थापनमा डा. कोइराला ह्युस्टनका नेपाली समुदायसंग भेटघाट र अन्तरक्रियाका लागि आगामी मे २३, सोमबारका दिन ह्युस्टन आउन लागेका हुन्।
 
डा. कोइरालाको ह्युस्टन कार्यक्रम सहजीकरण गरिरहेका डा. राजेश पाण्डेका अनुसार स्थानीय आशियाना रेष्टुरेण्टमा साँझ ६.३० बजेदेखि हुने अन्तरक्रियाका लागि ह्युस्टनका नेपालीहरुको संस्था नेप्लिज एशोसियसन अफ ह्युस्टनको समेत सहयोग रहेको छ। असल कामका लागि असल मान्छेले अगुवाई गरिरहेको अभियानमा सक्दो सहयोग पुऱ्याउन समेत डा. पाण्डेले नेपाली समुदाय समक्ष अपील गरेका छन्।