मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली सांस्कृतिक केन्द्र नेपाली घर सञ्चालन निर्देशिका तयार पार्न समिति गठन

नेपाली सांस्कृतिक केन्द्र नेपाली घर सञ्चालन निर्देशिका तयार पार्न समिति गठन


शेयर गर्नुहोस:

405
Shares

  • change font
  • change font
  • change font

कोलोराडो, अमेरिका । कोलोराडोमा नेपाली भाषी समुदायको नेपाली सांस्कृतिक केन्द्र नेपाली घर निर्माणको लागी हालै खरिद गरिएको भवन सञ्चालन गर्ने निर्देशिका खाका तयार पार्न एक समिति गठन गरिएको छ ।
 
नेपाली घरको हालै सम्पन्न कार्य समितीको बैठकले छ सदस्यीय  निर्देशिका खाका तयार समिति गठन गरेको हो । यसरी गठित समितीमा समाजसेवी तथा रकि माउन्टेण्ड फ्रेण्डस् अफ नेपालका पूर्वअध्यक्ष नवीन दत्त, नेपाली घरका संस्थापक सदस्य तथा वर्तमान कार्यसमितिका सल्लाहकार रमेश गुरुङ, ग्लोबल भुटनिज कम्युनिटी अफ कोलोराडोका अध्यक्ष सोम बराल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष  राजु सिटौला, समाजसेवी दाता तथा एनआरएन कोलोराडो च्याप्टरका सल्लाहकार प्रकाश सिटौला र नेपाली घरका निवर्तमान अध्यक्ष तथा भवन खरिद समितिका संयोजक लछुमन राना रहेको नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकालले बताएका छन् ।
 
उक्त समितिलाई दुई महिनाभित्र समाजमा रहेका सबै नेपाली भाषी समुदायको अपनत्व रहने गरी सञ्चालन निर्देशिका तयार पार्न अनुरोध गरिएको छ । 
 
उक्त समितिले तयार परेको कार्य सञ्चालन निर्देशिका नेपाली घरलाई प्राप्त भएपछि कोलोराडोमा रहेका सबै संघसंस्था प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, गन्यमान्य, व्यवसायी, पत्रकार र सर्वसाधारण समेतको राय सुझाव संकलनपश्चात अन्तिम रुप दिइने अध्यक्ष ढकालले बताएका छन् ।  
 

शेयर गर्नुहोस:

405
Shares