मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा व्याजदर वढ्यो, क्रेडिट कार्ड चलाउंदा वा ऋण लिदां होसियार होऔं

अमेरिकामा व्याजदर वढ्यो, क्रेडिट कार्ड चलाउंदा वा ऋण लिदां होसियार होऔं

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका – बैंक वाट ऋण लिएर व्यवसाय, घर, मोटर वा केक्रिड कार्डवाट खर्च गर्दै हुनुहुन्छ भने अव ब्याजदर पहिले भन्दा वढी तिर्नु पर्ने छ । यो साता किस्तामा लाग्ने ब्याजदर (मोर्गेज रेट) एक बर्ष अघिकाा तुलनामा २ प्रतिशतले वढेर झण्डै ५ दशमलव २७ प्रतिशत पुगेको छ । जव कि गत बर्ष यस्तो दर २ दशमलव ९६ प्रतिशतमात्र थियो । 
 
अमेरिकाले जताततै महंगी वढेपछि पैसालाई महंगो वनाएको हो । अव फ्रि मनी छैन जानकारी अमेरिकाको केन्द्रिय बैंक फेडरल रिजर्भले बजारलाई दिएको छ । फेडरल बैंकले एकैपटक आधा प्रतिशतले व्याजदर वढाउने वताएको छ । 

अमेरिकामा उपभोक्ता वस्तुको महंगी उच्चदरले वढेको छ । निश्चित आम्दानी हुने उपभोक्ताले यसको महसुस गर्न थालेका छन् । 
अमेरिकामा महंगी मात्र वढेको छैन । कर्मचारीको पारिश्रमिक पनि वढेको छ । तर, उत्पादकत्व भने वढ्न सकेको छैन । 
 
कामदारलाई बढी पैसा तिर्नु पर्ने तर, उत्पादकत्व नवढ्ेकाले अर्थतन्त्रमा संकट आउने जोखिम बढेको छ । अहिले अर्थतन्त्रमा अव के हुन्छ ? भन्ने अन्यौल जारी छ । 
 
यो बेला के गर्ने त ? 
 
मार्गेज रेट बृद्धि, कामदारको पारिश्रमिकमा भएको बृद्धि, उत्पादकत्वमा आएको गिरावट लगायतले यो भविष्य प्रति महंत्वकांक्षी भएर व्यवसायमा लगानी गर्ने समय होइन । भविष्यमा जोखिम आउन सक्छ भन्ने सोचेर घर, व्यवसाय, कार लगायत खर्च वढाउने निर्णय गर्नु उपयुक्त हुन्छ । 
 
घर किन्ने नकिन्ने ? 
 
मार्गेज रेट वढेकाले अव कर किन्न चाहने हच्किने छन् । फेडरल रिजर्भको चाहना पनि महंगो हुदं गएको घरजग्गा व्यवसायमा ब्रेक लागोस भन्ने हो । महंगो ब्याजदरका कारण घरको माग घट्न सक्छ । कतिले घर किन्न नसक्ने अवस्था हुन्छ । यसले गर्दा घरको मूल्य घट्ने अनुमान गरिएको छ । 

 
तर, यसमा अर्को एउटा पक्ष छ । त्यो हो नयां घर वन्छ कि बन्दैनन । नयां घर पर्याप्त मात्रामा नवनेकाले अहिले घरको मूल्य बढेको हो । कोभिड लगायतका कारणले बजारमा निमार्ण समाग्रीको पर्याप्त मात्रामा आउन सकेको छैनन । यही अवस्था रही रहे नयां घर वन्ने क्रम सुस्त हुन्छ । यो अवस्थामा भने घर सस्तो हुदैंन । 

बजारमा घर बढी बिक्रीका लागि आए भने मात्र मूल्य घट्ने छ । गर्मी मौसम घरको किनवेच हुने मुख्य समय हो । अव बजारमा घर आउन थालेका छन् तर, पहिले जस्तो किन्ने ग्राहक भने छैनन् । यो अवस्थामा हतार नगरी छानेर घर किन्न भने सकिन्छ । हतार नगर्नुनै अहिलेका लागि बुद्धिमानी हो । 
 
ऋण लिदां सोचौं !
 
अहिले व्याजदर महंगो छ । त्यसैले ऋणमा गाडी किन्दा होस वा क्रेडिट कार्डवाट खर्च गर्दा अलि किफाइती र होसियार हुनुपर्ने समय आएको छ । 
 
गाडी किन्दा ब्याजदरका कारण किस्ता महंगो पर्छ । यस्तै क्रेडिट कार्डको व्याज पनि वढ्ने छ । क्रेडिट कार्डमा तिर्नु पर्ने धेरै रकम छ भने अहिले नै शुन्य प्रतिशत व्याजदर अफर गर्ने क्रेडिट कार्डमा जांदा केही बचत गर्न सकिन्छ । नयां क्रेडिट कार्ड लिदां डेढ बर्षसम्म शुन्य व्याजदरको फाइदा लिन सकिन्छ । 

 
मन्दीको त्रास 
 
अमेरिकाको अर्थतन्त्रमा मन्दीको त्रास छ । यदी मन्दी आयो भने ऋण तिर्न कठिन हुने छ । महंगो ब्याज र मन्दीले छोएमा आम्दानी पनि घट्न सक्छ । यसैेले यो ऋण लिदां होसियार हुनुपर्ने समय हो ।