न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेको नेपाली महावाणिज्य दूतावासले अमेरिकामा रहेका नेपाली मूलका नागरिकलाई नेपाल सरकारले प्रदान गर्ने गैरआवासीय नेपाली परिचयपत्र लिन आग्रह गरेको छ । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आइतबार न्यूयोर्कको ज्याक्सन हाईट्समा आयोजना गरेको वृहत् सामुदायिक अन्तरक्रिया कार्यक्रममा कार्यवाहक महावाणिज्य दूत विष्णुप्रसाद गौतमले यस्तो आग्रह गरेका हुन् । सहभागीहरुले उठाएको प्रश्नको…